बुद्ध एयरले अब भारतको बाराणसीमा उडान भर्ने


१३ जेष्ठ २०७५, आईतवार
budda air

काठमाडौँ, १३ जेठ  । निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ । आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

budda air

बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक नगरी काठमाडौँ र बाराणसीलाई हवाई उडानबाट जोडेको बताउनुभयो । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।

बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानका लागि पनि आवश्यक प्रक्रियामा लागेको छ । नेपालका पर्यटकीय तथा तीर्थस्थलबारे सहजरुपमा जानकारी गराउने उद्देश्यले वेबपोर्टल बनाउन लागिएको कम्पनीले जनाएको छ । वेबपोर्टलमा नेपालका रमणीयस्थलसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचर हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७