विद्यार्थी फेल भए अब शिक्षकलाई कारबाही


१४ जेष्ठ २०७५, सोमबार
TEACHER 875

काठमाडाैं, १४ जेठ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रावधानसहितको शिक्षा नियमावली ०७४ कार्यान्वयनमा ल्याएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।TEACHER 875

तस्बिर : गुगल ।

राजपत्रमा विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ जारी गरी सो व्यवस्था गरिएको छ । नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गराएको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएमा त्यस्ता शिक्षकको तलब वृद्धि दुई वर्षसम्म रोक्का गरिने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७