क्रिकेटमा पनि ‘म्याच फिक्सिङ’


१४ जेष्ठ २०७५, सोमबार
images cms image 000048751

काठमाडौं, १४ जेठ । श्रीलंकन क्रिकेट बोर्डले म्याच फिक्सिङ प्रकरणका आरोपी खेलाडी तथा क्युरेटरलाई बर्खास्त गरेको छ । अलजजिरा टेलिभिजनले सार्वजनिक गरेको डकुमेन्ट्रीमा उच्चस्तरीय अन्तर्राष्ट्रिय खेलको म्याच फिक्सिङमा संलग्न रहेको आरोप लागेका खेलाडी तथा क्युरेटरलाई बर्खास्त गरेको बोर्डले जनाएको छ ।

images cms image 000048751
म्याच फिक्सिङ भएको भनिएको श्रीलंकाको गल्ली क्रिकेट स्टेडियम

उनीहरु स्वयम्ले यसअघि श्रीलंकाको गल्ली क्रिकेट स्टेडियममा दुईवटा खेलहरु फिक्सिङमा सहयोग पुर्याउनुका साथै आगामी नोभेम्बरका लागि तय गरिएको इङ्ल्याण्ड र श्रीलंकाबीचको खेलमा फिक्सिङ गर्ने योजना बनाएको डकुमेन्ट्रीमा बताएका थिए ।

बर्खास्त पर्नेहरुमा श्रीलंकन पूर्व खेलाडी थारिन्दु मेन्डिस र क्यरेटर (पीच बनाउने मानिस) थरंगा इन्डिका रहेका छन् । उनीहरुले फिक्सरहरुको आवश्यकता अनुसार पीच निर्माण गर्दै नजिता प्रभाव पार्दै आएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७