सन्दिप लामिछाने आज इङ्ल्याण्ड जाँदै


१५ जेष्ठ २०७५, मंगलवार
Sandeep Lamichhane

काठमाडौं, १५ जेठ । चर्चित नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने टि–ट्वान्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आज मंगलबार इङ्ल्याण्ड जाँदैछन् ।Sandeep Lamichhane

आईपिएलको डेब्यू खेलमै विकेट लिएर सबैको मन जितेका नेपाली युवा स्पिनर लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व ११ टिममा समावेश गरेको थियो । आगामी मे ३१ तारिखमा हुने खेलमा १७ वर्षीय सन्दिपसँगै विश्व ११ टिममा अफगानिस्तानका रसिद खान, पाकिस्तानका साहिद अफ्रिदी जस्ता होनाहार बलर छन् ।

इयान मोर्गन कप्तान रहेको खेलमा तमिम एकबाल, लुक रोची, दिनेश कार्तिक, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा टिममा छन् । सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आईसिसी–११ टोलीमा सन्दीपलाई समावेश गरिएको थियो । वेस्ट इण्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन् ।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रङ्गशाला निर्माणमा सहयोगका लागि च्यारीटि खेल हुन लागेको हो । क्यारेबियन क्षेत्रमा आँधीका कारण भत्किएका रङ्गशालाको संरचना पुनर्निर्माणका लागि आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७