लुइसाङले न्यूयोर्क सिटी वित्त प्रमूखलाई तामाङ टोपी पहिराइ दिएपछि . . .


Author
९ कार्तिक २०७४, बिहीबार
22833345 10155732818097510 1503684281 o 1

नयाँ पेज संवाददाता
न्यू योर्क :  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबाले न्यू योर्क सिटीका वित्त प्रमुख स्कट एम स्ट्रिन्जरलाई बुधबार ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा तामाङ टोपी लगाइदिएर सम्मान गरेका छन् । न्यू योर्क सिटीका वित्त प्रमुख स्ट्रिन्जरले तिहारको उपलक्ष्यमा सार्वजनिक कार्यक्रम आयोजना गरेपछि अध्यक्ष वाइबाले उनलाई तामाङ टोपी लगाइदिएर सम्मान गरेका हुन् । ‘आफुलाई सम्मान गर्नेलाई सम्मान नै गर्नुपर्छ भन्ने नेपालीहरुको संस्कार छ,’ स्ट्रिन्जरलाई टोपी लगाईदिनु अघि उनले भने, ‘म यो नेपाली टोपी लगाइदिएर तपाईँलाई सम्मान गर्न चहान्छु ।” स्ट्रिन्जरलाई टोपी लगाइदिएपछि कार्यक्रमस्थल तालीले गञ्जिएको थियो ।

आदिवासी जनजाति महासंघ अमेरिकाले नेपालमा सूचीकृत ५८ मध्ये १८ आदिवासी जनजाति संस्थाको प्रतिनीधित्व गरिरहेको छ । स्ट्रिन्जर महासंघ अमेरिकाको संक्षिप्त लिखत परिचय गराए । ‘आदिवासी जनजाति महासंघ अमेरिकाले नेपाली समुदायको संस्कृति संरक्षणमा योगदान पुर्याइरहेको छ,’ उनले भने, ‘यसबाट न्यू योर्कको सांस्कृतिक विविधता अझ धनी बनाउन योगदान पुगेको छ ।’

डेमोक्रेटिक राजनीतिज्ञ स्ट्रिन्जर आप्रवासीप्रति उदार मानिन्छन् । उनी अर्को पटक पयन न्यू योर्क सिटी वित्त प्रमुखमै उमेद्वारी दिँदैछन् । अध्यक्ष वाइबाले अर्को कार्यकालका लागि कार्यक्रममा उपस्थित नेपाली, भारतीय र दक्षिण एशियाली आप्रवासी अमेरिकीसँग भोट पनि मागिदिए । कार्यक्रममा आप्रवासीका हक हितमा काम गर्ने छायाँ कम्युनिटी डेभलपमेन्ट कर्पोरेशन र साउथ एसियन काउन्सिल फर सोसल सर्भिसेजलाई सम्मान गरिएको थियो ।

तिहारमा सार्वजनिक विदा दिलाउने प्रतिवद्धता 
कम्प्ट्रोलर स्ट्रिन्जरले तिहारमा विद्यायलमा सार्वजनिक विदा दिलाउने पहल गर्ने प्रतिवद्धता गरे । “जब मेरो बच्चाहरुले आज स्कूल विदा भन्नेछ, म उसलाई सोध्नेछु के को विदा ?” उनले भने, “त्यसपछि उनीहरुले तिहारको विदा भन्नेछन् । मेरो दोस्रो प्रश्नको उत्तरमा उनीहरुले तिहारको वर्णन गर्न सक्नेछन् । न्यू योर्कका लागि त्यो महत्वपूर्ण कुरा हो ।”

22833671 10155732820262510 1835056925 o

22833321 10155732819857510 1527943343 o
22833268 10155732823167510 1199002091 o 1

22833732 10155732821497510 2088576849 o

22833345 10155732818097510 1503684281 o 2 22851464 10155732821752510 1383115171 o

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७