यी कामुक रानीले यौन सम्पर्कपछि जिउँदै जलाइन् प्रेमीलाई


१६ जेष्ठ २०७५, बुधबार
101775477 10251484 cc34 48a5 9203 a9aeedb5ee27

काठमाडौं, १६ जेठ । इतिहासका पुस्तक अध्ययन गर्ने हो भने अफ्रिकी देश अंगोलाको रानी एनजिन्गा एमबाँदी एक बहादुर र तिक्ष्ण दिमाग भएकी योद्धाका रुमा पाउन सकिन्छ । जसले १७ औं शताब्दीमा अफ्रिकामा युरोपीय उपनिवेशवादविरुद्ध युद्धको घोषणा गरेकी थिइन् ।101775477 10251484 cc34 48a5 9203 a9aeedb5ee27

तर केही मानिस उनलाई क्रुर महिलाका रुपमा पनि वर्णन गर्छन् । जसले सत्ताका लागि आफ्नो भाइको समेत हत्या गरेकी थिइन् । त्यति मात्रै होइन, उनी आफ्नो निटकमा रहने पुरुषसँग बारम्बार यौन सम्पर्क गरेपछि जिउँदै जलाएर हत्या गर्थिन् । तर, इतिहासकार के कुरामा सहमत छन् भने एनजिन्गा अफ्रिकाकी सबैभन्दा लोकप्रिय महिलामध्ये एक थिइन् ।

राजी या एनगोला101775481 1daf7c17 cfc4 4776 8eab 8dc852adccee

एमबाँदु मासिका नेता एनजिन्गा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो र मताँबाकी रानी थिइन् । तर स्थानीय भाषा किमबाँदुमा एनजिन्गालाई एनगोला भनिन्थ्यो । यो त्यति शब्द थियो जसलाई पोर्चुगलका मानिस मानिस यो इलाकालाई बोलाउने गर्थे । पछि यो क्षेत्रलाई अंगोला भनिन थालियो । यो इलाकालाई यस्तो नाम त्यतिबेला प्राप्त भयो जतिबेला पोर्चुकलका सैनिकले सुन र चाँदीको खोजीमा एनदोंगोमाथि आक्रमण गर्‍यो । तर, सेनाले सुन र चाँदी फेला नपारेपछि उनीहरुले ब्राजीलमा आफ्नो नयाँ उपनिवेशमा मजदुरसँग मिलेर व्यापार गर्न थाले ।

एनजिन्गाको जन्म पोर्चुकल आक्रमणको ८ वषपछि भयो र उनले आफ्ना बुवा किंम एमबाँदी किलुंजीसँग बाल्यकालदेखि नै आक्रमणकारीसँग संघर्ष गरिन् । १६१७ मा जब राजा एमबाँदी किलुंजीको मृत्यु भयो तब उनका आफ्ना छोरा एनगोला एमबाँदीले सत्ता सम्हाले । तर, उनमा आफ्नो बुवाको जस्तो व्यक्तित्व र आफ्नी बहिनीको जस्तो बुद्धि थिएन । एनगोला एमबाँदीलाई के चिन्ता थियो भने आफ्नै मान्छे एनजिन्गाकातर्फबाट आफूविरुद्ध संघर्ष गर्नेछन् ।

यही चिन्ताका कारण एनगोल एमबाँदीले एनजिन्गाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे । नयाँ राजाले आफूलाई युरोपेली आक्रमणकारीको सामना गर्न असफल भए । किनभने विस्तारै विस्तारै ठूलो जनधनको क्षति भइरहेको थियो । यस्तो अवस्थामा एनगोला एमबाँदीले आफ्ना नजिकका सहयोगीको सल्लाह स्वीकार गरे । त्यसपछि राजा एनगोला एमबाँदीले आफ्नी बहिनीसँग सत्ता बाँड्ने फैसाल गरे । पोर्चुगली मिशनरीले पोर्चुकल भाषा सिकाउने एनजिन्दा एक निकै प्रतिभाशाली रणनीतिकार थिइन् ।101775479 67f0b92c 4594 4e32 b034 c4645f18b7b1

यस्तो अवस्थमा एनजिन्गा वार्ता गनकालागि लुआँडा पुगिन्, तब उनले काला, गोरा र शंकर जातिका कयौं मासिन देखिन् । एनजिन्गाले यस्ता मानिस पहिला कहिल्यै देखेकी थिइनन् र यो ठाउँमा अन्य कुरा देखेर उनी आश्चर्य चकित भइन् । नोकरहरुलाई एक लाइनमा उभ्याएर ठूला ठूला जहाजमा लगिँदै थियो, केही वर्षमै लुआँडा अफ्रीकाको सबैभन्दा ठूलो नोकरको अखडामा सावित भयो ।

तर जब उनी पोर्चुगलको गभर्नर जेआआो कोरिए डे सोउसासँग वार्ता गन उनका कार्यालय पुगिन् तब एनजिन्गासँग जुन व्यवहार गरियो । त्यसमाथि इतिहासकारले टिप्पणी गरेका छन् । किनभने जब उनी त्यहाँ पुगिन् तब त्यहाँ पोचुगलीहरु आरामदायी कुर्सीमा बसिरहेका थिए, तर उनका लागि भुँइमा बस्ने व्यवस्था मिलाइएको थियो । यो देखेर एनजिन्गाले एक शब्द पनि बोलिनन् र उनको एक इसारा देख्ने वित्तिकै एक नोरक कुर्सी जस्तै गरी एनजिन्गाको छेउमा बस्यो ।
अनि एनजिन्गा उनको ढाडमा बसिन् र गभर्नरको बराबरी उचाइमा पुगिन् । उनले यसरी आफू बराबरीको स्तरमा वार्ता गर्न आएको सन्देश दिन सफल भइन् । लामो वार्तापछि पोर्चुगली सेनाले एनदोँगो छोडर जाने र उसको सम्प्रभुतालाई स्वीकार गर्ने सहमति बन्यो ।

तर, त्यसको बदलामा एनजिन्गा यस क्षेत्रलाई व्यापारिक बाटो बनाउन खुला छोड्न राजी भएकी थिइन् । पोर्चुगलसँगको सम्बन्ध सुमधुर बनाउनका लागि एनजिन्गाले इसाई धर्म पनि स्वीकार गरिन् र आफ्नो नयाँ नाम एना डे सूजा धारण गरिन् । त्यो बेला उनको उमेर ४० वर्षको थियो । तर, उनीहरुबीचको सुमधुर सम्बन्ध धेरै लामो समयसम्म टिकेन र चाँडै संघर्ष शुरु भयो ।

१६२४ मा उनका भाइ एक सानो द्वीपमा गएर बस्न थाले । पछि उनको त्यही निधन भयो । एनजिन्गाको भाइको निधनलाई लिएर धेरै प्रकारका कहानी छन् । केहीले एनजिन्गाले आफ्नो छोराको हत्याको बदला लिन उनलाई विष दिएको बताएका छन् । कसैले उनको निधनलाई आत्महत्या पनि भनेका छन् । तर, एनजिन्गा एमबाँदेले पोर्चुगली र अन्य आफ्ना मानिस चुनौतीको सामना गर्दै एनदोंगोलाई पहिलो रानी बनाउने कीर्तिमान बनाएर देखाए । अंगोलाको नेशनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लरेँका अनुसार अफ्रिकामा विगत कयौं दशकसम्म महिलामाथिको शोषण विरुद्ध एनजिन्गा एमबाँदे एक मुखर आवाज जस्तै हुन् । केही मानिसहरु उनलाई रानीसँगै क्रुर महिलाको संज्ञा पनि दिन्छन् ।

उदाहरणका लागि, उनले राज्यको सीमामा बस्ने इमबांगाला योद्धाहरुको सहयोग लिइन ताकि आफ्ना विरोधीलाई डराउँदै आफ्नो स्थिति बलियो बनाउन सकियोस् । कयौं वर्षसम्म आफ्नो राज्यको नेतृत्व गरेपछि एनजिन्गाले आफ्नो छिमेकी राज्य मुताँबामाथि अधिकार दिइन र आफ्नो सीमाको पनि उचित ढंगले हेरविचार गरिन् । फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिशनरी गिओवनी कावेजीको कहानीमा आधारित किताब ‘द फिलोसोफी अफ द ड्रेसिङ टेबल’ लेखेका छन् ।

अर्का दार्शनिक बजेजीले एनजिन्गा आफ्नो प्रेमीसँग यौन सम्पर्क गरेपछि उनीहरुलाई जिउँदै लगाएर हत्या गर्ने गरेको दाबी गरेका छन् । रानी एनजिन्गालाई कामुक भनिन्थ्यो । र उनीसँग बस्ने पुरुषलाई लगाउन महिलाको कपडा दिइन्थ्यो । त्यति मात्रै होइन, जब रानी आफ्नो खोपीमा उपस्थित कुनै पनि पुरुषसँग यौन सम्पर्क गर्न चाहन्थिन् तब त्यहाँ उपस्थित पुरुषले मृत्यु नभएसम्म झगडा गनुपथ्र्यो र यी पुरुषलाई यौन सम्पर्क गरेपछि जिउँदै जलाएर मारिन्थ्यो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७