वर्षाका कारण प्रदेश ७ र ५ बीकाे खेल रद्द


१६ जेष्ठ २०७५, बुधबार
rain play

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ। मंगलबार रातीको भारी वर्षाका कारण प्रभावित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो।rain play

प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको भारी वर्षाका कारण मैदान पुनः पोखरीमा परिणत भएपछि खेल हुन् असम्भव भयो।

प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड भएका थिए। पहिलो स्पेनमा कृष्ण कार्कीलाई साथ् दिएका शक्तिले ४ ओभरमा ६ रन खर्चिए।

आजै कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको अर्को खेलमा प्रादेश ४ ले प्रदेश १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ। टस जित्दै ब्याटिंग रोजेको प्रदेश ४ का लागि हरी चौहानले शतक प्रहार गरे। त्यस्तै सुम घिमिरेले विष्फोटक ब्याटिंग गर्दै ५३ बलमा ८३ रन बनाउने क्रममा ६ चौका र ६ छक्का प्रहार गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७