विश्व–११ र वेस्टबीच खेल हुँदै, सन्दीपको अन्तराष्ट्रिय टी–२० मा डेब्यु (हेर्नुहोस् LIVE)


१७ जेष्ठ २०७५, बिहीबार
sandeep lamichane

काठमाडौं, १७ जेठ । क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा आइसिसी विश्व–११ र वेस्ट इन्डिजविच खेल हुँदैछ । ह्युरिक्यान रिलिफ टी–२० च्यालेन्ज नाम दिइएको खेल च्यारिटी खेल हो ।
उक्त खेलबाट उठेको सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरी कारण क्षतिग्रस्त क्यारेवियनका क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिने छ । sandeep lamichane

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अन्तर्रा्ष्ट्रिय टि ट्वान्टीबाट डेब्यू गरेका छन् । आइसिसिले ट्वान्टी २० अन्तर्रा्ष्ट्रिय मान्यता दिएको खेलमा विश्व एघारको तर्फबाट खेल्न लागेका लामिछानेले प्लेइङ एघारमा मौका पाएका हुन् ।
नेपालले सन् २०१४ मा टि–२० विश्वकप खेल्दा र त्यसपछि थप २ वर्षको लागि पाएको अस्थाई मान्यताको समयमा खेलेका खेलमा टी २० मान्यता थियो । तर उक्त समयमा लामिछाने नेपाली क्रिकेट टोलीमा थिएनन् ।

यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चा कमाएका लामिछानेलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व एघारको लागि निमन्त्रणा गरेको थियो। बंगलादेशका सुपरस्टार सकिब अल हसनले व्यक्तिगत कारणका कारण उपस्थिन हुन नसक्ने बताएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका हुन्।

आइसिसी विश्व–११ को टिमको कप्तानी पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफ्रिदीले गरिरहेका छन् । यसअघि विश्व ११ को कप्तानी इयान मोर्गनले गर्ने भनिए पनि उनी घाइते भएपछि शाहिद अफ्रिदीलाई दिइएको हो ।

लाइभ यहाँ हेर्नुहाेस्

live

आइसिसी वल्र्ड ११मा कप्तान शाहिद अफ्रिदीसँगै पाकिस्तानको टोलीको सोयब मलिक, श्रीलंकाका टी– २० कप्तान थिसरा परेरा, अफगानिस्तानका लेग स्पिनर रासिद खान, बंगलादेशका अलराउण्डर सकिब अल हसन र तमिम इक्वाल, भारतका दिनेश कार्तिक, न्यूजिल्याण्डका लुकी रोचीँ र मिचेल म्याक्लेघन, इंग्ल्याण्डका ट्यामल मिल्स र साम बिलिङ्ससँग विश्व–११को टोलीमा सन्दीप अटाएका हुन्। उनीहरुसँगै इंग्ल्याण्डका आदिल रासिद र साम कुरान पनि विश्व–११ को टोलीमा छन्।

यस्तै क्यारेवियन टोलीमा कार्लोस ब्रथवेट (कप्तान), सामुएल बद्री, रयाद एम्रिट, एन्ड्रे फ्लेचर, क्रिस गेल, इभिन लेविस, एस्ले नर्स, कीमो पाउल, रोभमान पावेल, डेनेस राम्दिन, एन्ड्रे रसेल, मार्लोन सामुएल्स, केस्रिक विलियम्स रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७