क्रिकेटको घर लर्ड्समा सन्दीपको अन्तराष्ट्रिय टी–२० डेब्यू, ब्याटिङमा नटअाउट रहे

विश्व–११ वेस्टइन्डिजसँग ७२ रनले पराजित


१८ जेष्ठ २०७५, शुक्रबार
sandeep lamichhane 1

काठमाडौं, १७ जेठ । क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा  नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध अन्तराष्ट्रिय टी–२०मा डेब्यु गरेका छन् । इंग्ल्याण्डको लर्डस मैदानमा विश्व–११ को टोलीबाट सन्दीपले डेब्यू अन्तराष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका हुन् । उनले उक्त खेलमा १ ओभर बलिङ गर्दै १२ रन दिएका थिए ।sandeep lamichhane 1सन्दीप लामिछाने ।

१३औं ओभर बलिङ गर्न आएका सन्दीपले १ छक्कासहित १२ रन दिए । पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तेस्रो बलमा रामदिनलाई १–१ रन दिएका थिए ।

त्यसपछि सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरेका थिए । यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन् ।

यस्तै सन्दीपले ब्याटिङकाे माैका पाएका छन् । उनले ५ बलमा ४ रन बनाउँदै नटअाउट रहे ।

याे पनि पढ्नुहाेस्
विश्व–११ र वेस्टबीच खेल हुँदै, सन्दीपको अन्तराष्ट्रिय टी–२० मा डेब्यु (हेर्नुहोस् LIVE)

इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चा कमाएका लामिछानेलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व ११को लागि निमन्त्रणा गरेको थियो ।  बंगलादेशका सुपरस्टार सकिब अल हसनले व्यक्तिगत कारणका कारण उपस्थिन हुन नसक्ने बताएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका  थिए ।

लेगस्पिनरले भरिएको विश्व–११ को टोलीमा सन्दीपले १ ओभर भन्दा मौका पाएनन् । लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा बलिङ गरेर ३४ रन खर्चदै १ विकेट लिए । भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

यसैगरी सोयब मल्लिकले ३ ओभर बलिङ गर्दे ३१ रन खर्चेर १ विकेट लिए ।

blowing

 

 

विश्व–११ वेस्ट इन्डिजसँग ७२ रनले पराजित

सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरी कारण क्षतिग्रस्त क्यारेवियनका क्रिकेट स्टेडियमा पुन निर्माणका लागि भएको च्यारिटी खेलमा विश्व ११ वेस्ट इन्डिजसँग ७२ रनले पराजित भएको छ ।

world 11

जितका लागि २०० रनको लक्ष्य पछ्रयाएको विश्व–११ १६.४ चारमा अलआउट हुँदै १२७ रन मात्र बनाएपछि ७२ रनले पराजित भएको हो । विश्व–११का लास्ट ब्याटसम्यान ट्रयामल मिल्स भने चोट कारण ब्याटिङमा आएनन् । नेपालका सन्दीप लामिछाने ५ बलमा ४ रन बनाउँदै नटआउट रहे ।bolwing world 11

विश्व ११ का लागि थिसरा परेराले ६१ रन जाेडन बाहेक अरूले दाेहाेराे स्काेर गर्ने सकेनन् ।

वेस्ट इन्डिजका लागि  विश्व-११ लार्इ अलअाउटमा गर्ने  केस्रिक विलियम्सले ३.४ अाेभर बलिङ गरेर ४२ रन दिँदै ३ विकेट लिए । यस्तै सामुयल्स बद्री र एन्ड्रे रसेलले दुर्इ-दुर्इ विकेट लिए । भने रोभमान पावेल र कप्तान  कार्लोस ब्रथवेटले एक-एक विकेट लिए ।

world 11

यसअघि वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेष्ट इन्डिजको लागि ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन बनाए ।

batting
विश्व–११ का लागि अफगानिस्तानका युवा खेलाडि रसिद खानले २ विकेट लिए । भने कप्तान शाहिद अफ्रिदी र सोयब मल्लिकले एक–एक विकेट लिए ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। वेष्ट इन्डिजको लागि ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन बनाए ।

विश्व–११ का लागि अफगानिस्तानका युवा खेलाडि रसिद खानले २ विकेट लिए । भने कप्तान शाहिद अफ्रिदी र सोयब मल्लिकले एक–एक विकेट लिए ।

ह्युरिक्यान रिलिफ टी–२० च्यालेन्ज नाम दिइएको यो खेल च्यारिटी खेल हो । उक्त खेलबाट उठेको सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरी कारण क्षतिग्रस्त क्यारेवियनका क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७