चार महिनापछि उच्च बिन्दुमा सेयर बजार, सर्किट ब्रेक नै लाग्याे


८ भाद्र २०७४, बिहीबार
share

share

काठमाडाैँ : सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ ।बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो ।

स्टकका अनुसार बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ ।

यस अघि तीन प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेटका लागि कारोबार रोकिएको थियो । बजार खुलेको २५ मिनेटभित्र ३ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले कारोबार १५ मिनेट स्थगित गरेको थियो ।

बजार खुलेको १५ मिनेटमा नेप्से सूचक ४७.१० विन्दुले बढ्दै १५८०.९३ विन्दुमा आइपुगेको थियो । बजार खुलेको एक घन्टाभित्रै तीन प्रतिशतले बढेमा १५ मिनेट कारोबार रोक्ने गरिएको छ । बजार बन्द हुनुअघिसम्म नेप्सेमा १४४ कम्पनीको एक अर्ब ३८ करोड ८२ लाख रूपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार मङ्गलबार २५ लाख ८१ हजार कित्ताभन्दा धेरै सेयर किनबेच भएको हो ।

दुई बजेसम्म आइपुग्दा नेप्से बढेर ५.०१ प्रतिशत नाघेपछि आजका लागि कारोबार रोकिएको हो । नेप्सेका अनुसार ५ प्रतिशतले बजार बढेमा दिनभर कारोबार रोकिने व्यवस्था गरिएको छ । बन्द भएको नेप्से बुधबार ११ बजे खुल्नेछ । लामो सयम ओरालो लागेको नेप्से स्थानीय तहको निर्वाचनका कारण उकालिएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७