आजदेखि नेपाल आईसीसीको एकदिवसीय बरियतामा समावेश


१८ जेष्ठ २०७५, शुक्रबार
Nepal criket photo

काठमाडाैं, १९ जेठ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ।Nepali criket in zimabwe 7

आइसीसीका अनुसार जुन १ देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो।

यसअघि आइसीसीको विश्वकप छनोटबाट नेपालले एकदिवसीय मान्यता पाएको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेको नेदरल्याण्डसले यसअघिनै एक दिवसीय मान्यता पाएको थियो।

यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन्। स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने युएई १८ अंकसहित १४ औं स्थानमा छ।

नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालले कुनै पनि अंक पाएको छैन। अब दुवै टोलीले चार खेल खेलेपछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् ।

शीर्ष १२ बाट बढाएर १४ सम्म पुर्‍याएको बरियतामा स्थान बनाउन नेपाल र नेदरल्याण्डसले अब चार वटा एक दिवसीय खेल खेल्नुपर्ने हुन्छ। त्यसपछि मात्र आईसीसीले नेपाल र नेदरल्याण्डलाई एक दिवसीय वरियताको शीर्ष १६ भित्र राख्नेछ।एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन्।

एक अर्काविरूद्ध खेलिने हरेक खेलबाट बरियताका लागि चाहिने आवश्यक अंक लिनेछन्। सन् २०१५ मे देखि अप्रिल २०१७ सम्म खेलिएका खेलको अंक ५० प्रतिशत र सन् २०१७ मे देखि यता खेलिएका खेलको अंकभार सत प्रतिशत हुने आइसिसिले जनाएको छ। यसरी बरियतामा थपिएका चार टिमले पहिलेदेखिनै टेष्ट मान्यताका साथ शीर्ष १२ मा रहेका देशको वरियतामा कुनै असर नगर्ने आइसिसिले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७