अर्घाखाँची साहित्यिक महोत्सव हुने


१८ जेष्ठ २०७५, शुक्रबार
arghakhanchi

अर्घाखाँची १८ जेष्ठ ।  अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ ।arghakhanchi

अर्घाखाँची जिल्ला साहित्य , संगीत , संस्कृति र कलामा उर्वर भूमि मानिन्छ । यही माटोमा जन्मेका कैयौँ साहित्यकार राष्ट्रका गहना बनिसकेका छन् भने कयौँ साहित्यकारहरू लाखौँ दर्शक तथा श्रोताहरूको मन जित्न सङ्घर्ष गर्दै छन् । यिनै संघर्ष्शिल साहित्यकार तथा रचनाकारहरु ले अर्घाखाँची को सन्धिखर्क मा भव्य महोत्सव गर्दैछन ।

जिल्लाको साहित्य माहोललाई देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यही जेष्ठ २५ शुक्रवारको दिन महोत्सव हुन लागेको हो । महोत्सवमा जिल्ला बाहिर रहेका १५ जना साहित्यिक स्रष्टा र जिल्ला भित्रका ५० जना साहित्यिक स्रष्टाहरूको सहभागिता सहित आफ्ना सृजनाहरू वाचन गरिने छ । महोत्सवमा प्रवासमा रहेको साहित्य स्रष्टाहरूको पनि साहित्य सिर्जना वाचन गरिने भएको छ । महोत्सवमा स्रष्टाहरूलाई सम्मान समेत गरिने आयोजकले बताएको छ ।

महोत्सवमा अर्घाखाँची जिल्ला जन्मेर काठमाडौँमा बसी निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका विभिन्न स्रष्टाहरूको साथै हाल जिल्लामा बसोबास गर्ने करिब ४ दर्जन साहित्य श्रष्टाहरले रचना वाचन गर्ने छन् । सोही दिन वाचन भएका साहित्य सिर्जनाहरू सङ्कलन गरी स्मारीका निकाल्ने समेत जेबी दर्लामीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७