सिसासको १७४ औँ मासिक संगम सम्पन्न


१९ जेष्ठ २०७५, शनिबार
nayapage logo footer

भैरहवा, जेठ १९ । सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देहीको १७४ औँ नियमित मासिक संगम सम्पन्न भएको छ ।

निरन्तर रुपमा हरेक महिनाको तेस्रो शनिबार भैरहवाको लिलाराम न्यौपाने मा.वि.मा रचना वाचन कार्यक्रम गर्दै आइरहेको सिसासको १७४ औँ संगमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै साहित्यकार युवराज खनालले विश्वले संस्कृत भाषाको खोजि तथा अनुसन्धान गरिरहेको अवस्थामा नेपालीले संस्कृत भाषाको जर्गेना गर्न नसक्नु दुखद भएको विचार व्यक्त गरेका थिए ।

सिसासका सहसचिव धन बहादुर गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरु लक्ष्मीनाथ अधिकारी, अनमोल शर्मा, हिमलाल पाण्डे, शुसिला पौडेल, निशाल बढुवाल, सनु कुर्मी, प्रकाश चन्द्र, वासुदेव पोखरेल, राधा भट्टराई, गंगा घिमिरे, देवी प्रसाद न्यौपाने धीर, तीलक लामिछाने, तुल्सीराम ढकाल लगायतले गीत गजल कविता वाचन गरेका थिए । स्रष्टा सीता काफ्लेका स्वागत मन्तव्य तथा संस्थाका सदस्य कमल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७