राष्ट्रकवि घिमिरेलाई फेरि उपचारका लागि भारत लगियो


२१ जेष्ठ २०७५, सोमबार
madav prasad ghimire

काठमाडौं, २१ जेठ । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि फेरि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ । शनिबार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि घिमिरेलाई फलोअपका लागि आइतबार बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।madav prasad ghimire

उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि फेरि मेदान्तमा नै लगिएको राष्ट्रकवि घिमिरेको पारिवारिक स्रोतले जनाएको छ । सानो आन्द्रामा भएको रक्त श्रावका कारण स्वास्थ्यमा समस्या देखिएका कारण भारतमा उपचार गराई फर्किएका राष्ट्रकविलाई पुनः आइतबार बिहान उनका कान्छा छोरा राजीब र बुहारीले भारत लगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७