५५ लाखदेखि १ करोडसम्मका कोरियाली गाडी नेपाली बजारमा


८ भाद्र २०७४, बिहीबार
Ssangyong Shorum nepal 1 1

Ssangyong Shorum nepal 1 1

काठमाडौँ : दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् ।

आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो । बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गरे ।

आइएमएस मोटर्सले हाल साङयोङका टिभोली, कोरान्डो, रेक्स्टन तथा एक्टियनजस्ता लक्जरी कार तथा एसयुभीका मोडेल नेपाली बजारमा ल्याएको छ । टिभोली गाडीको मूल्य रु ५३ लाख ७५ हजार रहेको छ । त्यस्तै कोरान्डो गाडीको मूल्य रु ७५ लाख २५ हजार छ भने रेक्सटन गाडीको मूल्य रु ९९ लाख ७५ हजार छ । त्यस्तै एक्टियन स्पोर्टस नामक गाडीको रु ५५ लाख पर्छ ।

आइएमएस मोर्टसले साङयोङको गाडी खरिद गर्ने पहिलो १४ ‘विशेष’ ग्राहकका लागि स्क्र्याच कुपनमार्फत विशेष उपहारको पनि योजना राखेको छ ।लक्जरी गाडीको एक उदाउँदो बजार नेपालमा सुविधा सम्पन्न गाडी चढ्न चाहने धनाध्यवर्गलाई लक्ष्य गरी ती गाडी नेपालमा बिक्री वितरण गर्ने कार्य सुरु गरिएको आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्राले बताए ।

हरेक मोडलमा भएको फिचर्सले गाडीलाई एक एक्सक्लुजिभ व्यक्तित्व दिएको कम्पनीको भनाइ छ। ‘साङयोङ पहिलेदेखि नै चिरपरिचित नाम हो। अटोमोबाइल क्षेत्रमा राम्रो छवि कायम गरेको साङयोङका गाडी नेपालमा बिक्री वितरण गर्न पाउँदा हामीलाई खुसी लागेको छ,’ प्रेसिडेन्ट मलहोत्राले भने, ‘साङयोङका गाडी सुरक्षा र अन्य फिचरका हिसाबले उत्कृष्ट छन्। गाडीमा एबीएस, इबीडी, अल्ट्रा हाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी फ्रेम जस्ता सुविधा छन्।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७