राजनीति भन्दा कृषि प्यारो


८ भाद्र २०७४, बिहीबार
risiram rokka
/fhgLlteGbf s[lif Kof/f] cn}FrL la?jf pTkfbg Joj;foaf6 jflif{s ? !% nfv a9L cfDbfgL ug{ ;kmn g]skf -dfcf]jfbL s]Gb|_sf lhNnf pkfWoIf wafª–# /f]Nkfsf $@ jifL{o Clif/fd /f]sf . tl:a/ M pdf s];L, /f]Nkf, /f;;

risiram rokka

रोल्पा : दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै अाएका छन् ।

शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक १५ लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

तत्कालीन युद्धका बेला छापामार रहेका उनी नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्छन् । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आएका उनले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्नेे पेसा अँगालेका हो । उनले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना गरेकाे थियो । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहेका छन् । उनले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गरेकाे हो ।

सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आएका उनको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् ।

आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्छन्, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पु¥याउनै सकिएको छैन ।”

उहाँले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेकाे हो । उनी नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उनी अहिले नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका सदस्य समेत छन् । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उनी भन्छन्, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।” रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् ।

जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउँछन् । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलैँचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउँछन् । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७