राजधानीमा घडेरी खोज्दै हुनुहुन्छ ? दलालकोमा होइन, यहाँ जानुस् सरल मूल्यमा पाइन्छ


२४ जेष्ठ २०७५, बिहीबार
yub land

काठमाडौं, २४ जेठ । तपाई राजधानीमा घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? या त भने जस्तो घडेरी नपाएर दिक्दार हुनु भएको छ ? कतै घडेरी किन्न दलालको पछि त लाग्नु भएको छैन ? अब तपाईको यी सब चिन्ता समाधान हुने भएको छ । अहिले मनोहरा जग्गा एकीकरण आयोजनाले न्युनतम १६ लाखदेखि २४ लाख रुपैयाँमा तपाईले चाहेको जस्तै घडेरी बिक्री खुला गरेको छ ।yub land

आयोजनाले सरकारी दरमै घडेरी बिक्री खुला गरेको हो । घडेरी किन्न चाहानेले ३५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ । कुल कवोल अंकको १० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने ४४ आनाको १४ वटा घडेरीहरु बिक्री गर्न लागेको हो । बिक्री गर्न लागेको १४ कित्ता घडेरीमध्ये सबैभन्दा महंगो दक्षिण पश्चिम मोहडा फर्किएकोे प्लट नं ४६ रहको छ । २.९७९ आना रहेको सो घडेरीको न्युनतम मूल्य २४ लाख २१ हजार तोकेको छ । यस्तै सबैभन्दा सस्तो प्लट नम्बर १०९ र १०८ को न्युनतम मुल्य १६ लाख ८ हजार रहको छ ।

आयोजनाले काठमाडौं र भक्तपुरमा पर्ने २ हजार २०० रोपनीलाई प्लानिङ गरी घडेरीहरु बिक्री गर्न लागेको हो । यसैगरी प्लट नम्बर २२, २७, २९, ३२, ३६, ४४, ४५, को न्युनतम मूल्य १८ लाख २३ हजार प्रतिआना तोकेको छ । यस्तै प्लट नम्बर ५० र १०७ को २२ लाख ५२ हजार, प्लट नम्बर २९ र ११५ को न्युनतम मूल्य १९ लाख ३२ हजार तोकेको छ ।१४ वटा घडेरीहरु टेण्डर प्रक्रियाबाट बेच्न लागिएको आयोजना प्रमुख नारायण भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार घडेरी व्यक्ति, संस्था जो कोहिले किन्न सक्ने छन् । घडेरी खरिद गर्नका लागि ग्राहकले पहिले नै न्युनतम रकमको १० प्रतिशत रकम बुझाउने पर्नेछ । बैंकमा रकम बुझाएपछि आफूले घडेरीलाई तिर्न सक्ने जति रकम कवोल गरी टेण्डर प्रक्रियामा भाग लिनु पर्नेछ । बिक्री गर्न लागिएका सबै घडेरीहरु व्यक्तिको रहेको आयोजना प्रमुख भट्टराइले जानकारी दिए । यसरी बेचिने घडेरीहरुमा ग्राभेल सडक, नदि नियन्त्रण, ढल व्यवस्थापन लगायतको सुविधा हुनेछ ।

आयोजनाका अनुसार घडेरी बिक्री भएको ४ प्रतिशत रकम सोहि प्लानिङको पुर्वाधारमा खर्च गरीनेछ । आयोजनाले विभिन्न स्थानका २ हजार २०० सय रोपनी जग्गााई विकास गरी बेच्दै आइरहको छ । यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेडले पनि काभ्रेको धुलिखेल लगायत देशका विभिन्न ठाँउमा जग्गा विकास गरी बिक्री वितरण गर्दै आइरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारलाई अब मान्यता प्राप्त संस्थाबाट मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेपछि सरकारी संस्थाबाट कारोबार सुरु भएको हो । घरजग्गा कारोबार राष्ट्रिय आवास कम्पनी, मनोहरा जग्गा एकिकरण आयोजना, चमती जग्गा एकिकरण आयोजनाले सुरु गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७