अर्ब बढी लगानीका कम्पनी पूँजी बजारमा सूचीकृत हुनुपर्ने, ८० कम्पनीमाथि सरकारको यस्तो छ एक्सन (सूचीसहित)


२४ जेष्ठ २०७५, बिहीबार
compani rajester

काठमाडौं, २४ जेठ । सरकारले एक अर्ब भन्दा बढी लगानीमा सबैखाले कम्पनीहरुलाई अनिवार्य रुपमा पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । अर्थिक वर्ष २०७५–७६ को बजेटले उक्त परिमाणको लगानी भएका उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजरामा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । compani rajester

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार हाल १ अर्ब वा सो भन्दा बढी पूँजी लगानी भएका कम्पनी १४५ वटा छन् । त्यसमध्ये ६५ वटा कम्पनीले सर्वसाधारणको लागि शेयर निष्कासन गरेका छन् । शेयर बजारमा सूचीकृत छन् । ८० वटा कम्पनीले सार्वजनिक रुपमा शेयर निष्कासन गरेका छैनन् । यी कम्पनीहरु सञ्चालनमा रहेको तथा नियमित रुपमा अद्यावधिक रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । ८० मध्येमा केही बीमा कम्पनीहरु, जलविद्युत कम्पनीहरु र दुई सिमेन्ट उद्योगले सार्वजनिक रुपमा शेयर निष्काशन प्रक्रिया शुरु गरिसकेका छन् ।

तीन वटा कम्पनीमा विदेशी लगानी रहेको छ । सात वटा कम्पनीमा सरकारी शेयर समेत रहेको छ । प्राइभेट एकल कम्पनी ८ वटा छन् । तर, प्राइभेट बहुल कम्पनी ३२ वटा रहेका छन् । ३१ वटा कम्पनी पब्लिक लिमिटेडको रुपमा दर्ता भएका छन् । ५० जना भन्दा बढी शेयरधनी भएका कम्पनीहरु पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्ने विद्यमान कानुनी व्यवस्था रहेको छ ।

पूँजी बजारलाई गतिशिल बनाउन र बजार विस्तार गर्न १ अर्ब रुपैयाँ भन्दा बढी पूँजी भएका कम्पनीलाई पूँजी बजारमा ल्याउन आवश्यक भएको अर्थमन्त्री खतिवडाको तर्क छ । अर्थमन्त्रीले प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड लगायतका नयाँ संस्थाहरुलाई पूँजी बजरामा प्रवेश गराइने पनि घोषणा गरेका छन् । नेपालको क्रेडिट रेटिङ्ग गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने पनि बजेटमा लेखिएको छ । यी सबै व्यवस्था कार्यान्वयनमा आएमा पुँजीबजार विस्तारित हुनेछ ।

हेर्नुहोस् सूचीBIG COPMANY NEPAL 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७