राजधानीमा घर–घडेरी किन्दै हुनुहुन्छ ? यी चार कुरा बुझनुस्, नत्र पछुताउनु पर्ला


२५ जेष्ठ २०७५, शुक्रबार
home loan4

काठमाडौं, २५ जेठ । हरेक मानिसको चाहान हुन्छ आफ्नै घरमा बस्ने । विविध कारणले मानिसहरु आफ्नो घरमा बस्न सकिरहेका हुँदैनन् । मानिसहरु आफ्नो कामकाज र अध्ययनका लागि शहर बस्न बाध्य छन् । यस्तो अवस्थामा धेरैको चाहाना शहरमा घर बनाएर बस्ने हुन्छ । अझ काठमाडौंमा एउटा घर घडेरी जोड्न पाए हुन्थ्यो भन्ने धेरै छन् ।home loan4

तर, नजानी घर घडेरी किनेका कारण पछुताउनेहरु पनि धेरै छन् । मानिसले बषौंको कमाई बचत गरेर जग्गा वा घर खरिद गर्ने गरेका छन् । घर वा जग्गा खरिद गर्नुभन्दा अगाडि मानिसले केहि कुरामा ध्यान पुर्‍याउन आवश्यक हुन्छन् ।

लगानी सम्झेर जमिन किन्नु

माटोमा लगानी गर्नु भनेको एक असल बचत पनि हो । नेपालीमा एउटा उखानै छ ‘जमिन किन्ने राजा, सुन किन्ने आधा र गाडी किन्ने गधा’ यसले नेपालीहरुमा जग्गा प्रतिको मोह देखाउँछ । जमिन मानिसलाई आवासदेखि खेती गर्नका लागि आवश्यक पर्छ । त्यसैले जमिन किन्दा लगानी सम्झेर किन्ने गर्नुहोस् ।

भोलि कसरी नगद हुन्छ त्यो हेर्नुस्

मानिसलाई पैसाको आवश्यक परेको खण्डमा जमिन सहजै बिक्री गर्न सक्ने ठाँउको किन्नु पर्छ । त्यसको लागि ढल, सडक, बिजुलीलगायतको सुविधा भएको स्थानको जमिन निकै राम्रो मानिन्छ । आवश्यक पूर्वाधारको निर्माण भएको ठाउँमा किनेको जग्गा बिक्री गर्न सहज हुन्छ । भौतिक संरचना भएको ठाँउमा जमिन किन्दा मूल्य पनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा खरिद गरिएको मूल्यभन्दा धेरैमा जमिन बिक्री गर्न सकिने सम्भावना प्रवल रहन्छ । उपयुक्त स्थानमा खरिद गरिएको जमिनबाट धेरै फाइदा कमाउन सकिन्छ ।

कस्तो जमिन खरिद गर्नु हुँदैन ?

शहरबासीले खेतीपातीका लागि भन्दा पनि घर निर्माण गर्नका लागि जमिन खरिद गर्ने गरेका छन् । घर निर्माण गर्नका लागि मानिसहरुको रोजाइमा ठूला सडक, खुल्ला स्थान र स्वच्छ हावा पानी भएको स्थान पर्नुपर्ने हो । तर, शहरमा बसोबास गर्ने नेपालीको हकमा यो कुरा लागू हुने गरेको छैन ।

शहरको कुनै एक स्थानमा एक टुक्रो जमिन खरिद गरेर घर निर्माण गर्नुलाई नै सर्वस्व ठान्ने चलन बढ्दै गएको छ । घर आउन जान यातायात, ढल, खानेपानी र प्राकृति प्रकोपको समयमा मासिले धेरै समस्या भोग्ने गरेका छन् । घडेरी किन्नु पूर्व ती कुरामा ख्याल पुर्याउन सकेको खण्डमा यस्तो समस्या आउने छैन ।
घर निर्माणका लागि कस्तो जमिन खरिद गर्ने

घर जीवनमा एक पटक बनाइन्छ । त्यसैले घर निर्माण वा खरिद गर्नु पूर्व धेरै कुरा ख्याल राख्नु पर्ने हुन्छ । घर खरिद वा निर्माण गर्ने स्थानमा ठूला सडक, विजुली, टेलिफोन, खुल्ला स्थान र स्वच्छ हावापानीको साथै ढल र यातायातको अवस्था बुझेर खरिद गर्नुपर्ने हुन्छ ।
साथै, घर निर्माण गर्नका लागि जमिन खरिद गर्ने स्थानमा बसोबास गर्ने छरछिमेक कस्ता छन् भनेर बुझ्न पनि अति आवश्यक हुन्छन् । छरछिमेक दुष्ट रहेको समाजमा नयाँ परिवारलाई धेरै कुराको समस्या पर्न सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७