“करिअरलाई नै बढी प्राथमिकता दिइरहेकी छु”


२७ जेष्ठ २०७५, आईतवार
17903552 1373640016036980 7950603967678787769 n

काठमाडौं, २७ जेठ । नेपालकी एक मात्र ‘बि बोइङ गर्ल’ आश्मा विश्वकर्माको आकर्षक नाचको प्रशंसा गर्नेहरु लाख होइन करोड छन् । उनको नृत्य मात्र होइन सुन्दरता हेरेर ‘फिदा’ बन्नेहरु पनि धेरै छन् । तर, आश्माले अहिलेसम्म कसैलाई ‘ग्रिन सिग्नल’ दिएकी छैनन् ।17903552 1373640016036980 7950603967678787769 n

उसो त ‘कार्टुन्ज क्रु’ कि रानी आश्माको प्रेम सम्बन्ध मात्र होइन, वैवाहिक जीवन नै चल्ने उमेर भइसक्यो । उनको प्रेम सम्बन्ध र विवाहका बारेमा सञ्चारकर्मीहरुले मात्र होइन, घर परिवारमा समेत कुरा हुने गरेको छ । तर, सञ्चार क्षेत्र र घर परिवारको जिज्ञासालाई उसै उडाउँदै आएकी आश्मा तत्काल विवाहका बारेमा केहि नसोचेको बताउँछिन् । उनी भन्छिन्, अहिले विवाहभन्दा पनि करिअरलाई नै बढी प्राथमिकता दिइरहेकी छु ।’aashma

सामाजिक सञ्जालहरुमा बेलाबखत आश्माको प्रेम सम्बन्धको विषयमा समाचारहरु आउने गर्छन् । उनलाई कार्टुन्ज क्रुकै कन्सेप्ट मेकर सरोज अधिकारीसँग जोडेर समाचारहरु आएका पनि छन् । तर, उनीहरु दुबैले यसलाई नकार्दै आएका छन् । उनीहरुले आफूलाई प्रेमी–प्रेमिका नभई असल साथीको रुपमा प्रस्तुत गर्दै आएका छन् ।aashma 1

अहिले मिडियाहरुले पनि आश्माको प्रेम सन्दर्भका कुरा उठाउन छाडेका छन् । मिडिया मात्र होइन उनको परिवारले समेत आश्माको विवाहको कुरा उनकै हातमा छोडिदिएका छन् । अहिले आश्माको घरमा विवाहको कुरा गर्न उनकी आमा नै डराउँछिन् । तीन वर्षसम्म आफूलाई कुरेर बसेको केटालाई समेत आश्माले नाइँ भनिदिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, उनको परिवारले आश्माको प्रेम पाउन तीन वर्षसम्म कुनै व्यक्ति को थिए भन्नेबारेमा भने जानकारी दिएनन् ।aashma Copy

आखिर आश्मा कस्तो युवालाई आफ्नो जीवन साथी बनाउन चाहन्छिन् त ? यो जिज्ञासाको उत्तर पाउन भने निकै लामो समय कुर्न पर्ने संकेत आश्माको भनाईबाट प्रष्ट हुन्छ । स्थायी घर धरान भएकी आश्मालाई सानैदेखि नृत्यमा सौख थियो । एक दिन आफ्नो मिल्ने साथी सुरज मगरले बी गर्ल नामक चलचित्र देखाएपछि उनलाई बी बोइङ केटीले पनि गर्नसक्ने रहेछन् भन्ने लाग्यो । उक्त नृत्य युट्युब हेर्दै सिक्न थालिन् । पछि काठमाडौं जोरपाटीमा बस्न थालेपछि कार्टुन्ज क्रुमा आबद्ध भइन् । त्यसपछि परिवारबाट पनि साथ पाउँदै गइन् । उनले आफ्नो समूहका पाँच जना साथीबाट आफ्नै परिवारको दाजुभाइ भन्दा पनि बढी साथ र सुरक्षा पाएकी छन् । बी गर्लको रूपमा परिचित आश्मा आफ्नो समूहकै माध्यमबाट विश्वमा नेपालको नाम चिनाउन चाहन्छिन् ।34190698 1759490320785279 8688590098163302400 o

समूहका सदस्य दैनिक पाँच ६ घण्टा एउटै हलमा बसेर नृत्य अभ्यास गर्छन् । त्यसैले परिवार भने पनि, साथी भने पनि एकअर्का नै हो भन्ने सबै ठान्छन् । कहिलेकाहीं साथीहरू ढिला आइपुगे सरोजले हप्काउने गर्छन् । तर, यही ठाकठुकले आफूहरूबीचको सम्बन्ध झन् गाढा बन्दै गएको उनीहरू बताउँछन् । यस क्षेत्रमा उनीहरूको कुरा काट्ने पनि छन् । तर, त्यसबाट विचलित नभई सकारात्मक रूपमा लिएर आफूलाई नै सुधार्ने कोशिस आफूले गरिरहेको आश्माले सुनाइन् । यस क्षेत्रमा लागेका व्यक्तिहरूबीच एकअर्कामा एकता हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्ने परिपाटी बसाउनु पर्ने उनीहरूको धारणा छ ।ashma 2

कार्टुन्ज क्रु सन् २०१० मा शुरु भएको हो । टेलिभिजनमा कार्टुन हेर्दा जति रमाइलो हुन्छ, त्यही अनुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम ‘कार्टुन्ज क्रु’ जुराएको उनीको भनाइ छ । शुरुमा बी बोइङ मात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा ‘ब्याटल अफ द इयर’ मा भाग लिने अवसर समेत पायो । समूह सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा पनि १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर उनीहरू दोस्रो भएका थिए ।cartoon Crew Member

सोलो ब्याटलमा आश्मा बी बोइङमा केटालाई समेत उछिनेर सेमिफाइनलमा पुगिन् । आफ्नो पहिलो कभर भिडियो जालमा युट्युबमा भाइरल भएपछि काटुन्ज क्रु निकै हौसियो । त्यसपछि उनीहरूका गीत हिट हुँदै गए । त्यसमध्ये पानी पर्‍यो र नाइँ मलाई थाहा छैन करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । कुनै पनि भिडियो सुट गर्दा उनीहरू एक अर्कासँग चल्छन्, रमाउँछन् र आफूभित्रको रमाइलोपनलाई भिडियोमा देखाउने प्रयास गर्छन् ।cartoon creaw

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७