प्रदेश नम्बर १ को नारा, ‘सबैभन्दा बेस, एक नम्बर प्रदेश’


२७ जेष्ठ २०७५, आईतवार
province 1

काठमाडौं २७ जेठ । एक नम्बर प्रदेशको प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्य क्रममा प्रदेश १ सरकारले महत्वकांक्षी लक्ष्य राखेको छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममा सगरमाथाको बेसक्याम्पसम्म केबकार चलाउने योजना राखेको छ ।

province 1
फाइल तस्बिर

पेस गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै आधार शिविरसम्म केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा चतरा सुनकोशी जलमार्ग सञ्चालन गर्ने योजना समेत अगाडी सारको छ । त्यस्तै फुङ्गलि-पाथीभरा, धरान-भेडेटार, जयरामघाट-हलेसी, वराहक्षेत्र-सूूर्यकुण्ड, वाह्रविसे-सभापोखरी, केरावारि-जेफाले र अन्तुडाँडा-मङ्गलबारे स्थानमा केवलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने नीति समेत राखेको छ । १ नम्बर प्रदेशसभा सरकारले प्रदेशमा वर्षमा १५०० मेघाबाट, १० वर्षमा ३००० र १५ वर्षमा ४५०० मेघावट बिजुली उत्पादन गर्ने लक्ष राखेको छ ।

त्यस्तै प्रदेश १ प्रदेशसभा सरकारले धेरै नाराहरू ल्याएका छन् । प्रदेश सरकारले नारालाई प्राथमिकता राख्दै नारा ल्याएका छन् । ‘उत्पादन गरौँ, ‘प्रदेश समृद्ध बनाऔँ’, सबैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, बाभन्दै बेस, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’ लगाएताका नारा प्रदेशसभा सरकारमा १ नम्बर प्रदेशले समावेश गरेको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७