डीआइजीको सहयोगमा भीएलएनका राम श्रेष्ठ जेलबाट अस्पतालमा


२७ जेष्ठ २०७५, आईतवार
ram shrestha

काठमाडौं, २७ जेठ । मलेसिया जाने नेपाली कामदारसँग गैरकानुनी रुपमा बायोमेट्रिक स्वास्थ्य परीक्षणदेखि माइग्राम्स, वान स्टेप, भीएलएन जस्ता विभिन्न शीर्षकमा १८ हजार ४ सय रुपैयाँ लिने ४७ जनालाई प्रहरीले पक्राउ गरेकोमा अधिकांश धरौटीमा छुटिसकेका छन् । भीएलएनका राम श्रेष्ठ भने अझै पनि छुटेका छैनन् । उनी बिरामी नै नभए पनि बिहीबारदेखि नर्भिक अस्पतालमा क्याबिन लिएर बसी चलखेल गर्दैआएका छन् । उनलाई बिरामी नै नभए पनि नर्भिक अस्पतालमा राख्ने चाँजोपाँजो भने महानगरीय प्रहरी आयुक्त डीआइजी मनोज नेउपानेले नै मिलाएको स्रोतले बताएको छ ।

ram shrestha
राम श्रेष्ठ

डीआइजी नेउपानेका भतिजा सन्दीप नेउपाने कुनै बेला राम श्रेष्ठको पीस एण्ड हेभेन ट्राभल्समा का गर्थे, जुन बेला मनोज नेउपाने डीएसपी थिए । सन्दीप पछि राम श्रेष्ठको ट्राभल्स छाडेर अर्कैतिर लागे पनि उनीहरुको सम्बन्ध राम्रो रहेको थियो । त्यही सम्बन्धका आधारमा सन्दीपले आफ्ना डीआइजी काका मनोज नेउपानलाई भनेर उनलाई बिरामी नै नभए पनि नर्भिकमा राख्न छुट दिएको प्रहरी स्रोतले बताएको छ ।

नेपाली कामदारहरूको संकलित राहदानीलाई भिसा लगाउन मलेसियाली दूतावाससम्म पु¥याउन भीएलएन स्थापना गरी प्रत्येक कामदारसँग राम श्रेष्ठले ३ हजार २ सय रुपैयाँ लिने गरेका थिए । उनले सन् २०१३ देखि भीएलएन मार्फत् अरबौं रुपैयाँ ठगी गरेको पाइएपछि उनका विरुद्ध बिगो पनि बढी नै कायम भएपछि उनी छुटेका छैनन् । उनले हिरा रेग्मी नामक कानुन ब्यवसायीमार्फत् कसरी कम बिगोमा छुट्न सकिन्छ भनेर नर्भिकमा योजना बनाइरहेका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदन हालेर विनाधरौटी छुट्ने उनको प्रयास सफल हुन सकेन । सर्वोच्च अदालतले छोड्न आदेश दिएन ।
पीस एण्ड हेभेन ट्राभल्स बन्द गरेर राम श्रेष्ठले नागपोखरीमा हार्भेष्ट मुन ट्राभल खोलेका छन् । जुन ट्राभल्सले नेपाल वायुुसेवा निगमका मलेसियाका ८० प्रतिशत टिकट किनी होल्ड गरेर राख्ने र महंगोमा बेच्ने गर्दैआएको छ । श्रेष्ठले त्यसका अलावा ह्वाइट स्पेस म्यानपावर पनि चलाएका छन् । ट्राभल्स र म्यानपावरको कार्यालय एउटै भवनमा छ । राम श्रेष्ठले म्यानपावरको काम पाल्पाका योगेन्द्र कुँवरलाई जिम्मा दिएका छन् । कँुवर पनि विगतमा सिंगापुर लगायतका देशमा गैरकानुनी रुपमा कामदार पठाएपछि विवादमा आएका हुन् ।
राम श्रेष्ठको पृष्ठभूमि पहिला मण्डले हो । स्याङ्जाका श्रेष्ठ स्याङ्जा तरुण दलको सचिव, उपाध्यक्ष र माइती नेपालको उपाध्यक्ष पनि भएका हुन् । विगतमा उनी सापट लगेको रकम कसैको नतिर्ने भनेर परिचित हुन् । उनले भीएलएन जस्तो गैरकानुनी काम गरेकाले भाइ बासु श्रेष्ठलाई प्रहरी प्रशासन मिलाउन प्रयोग गर्दैआएका छन् ।
यसैबीच, पक्राउ परेकै दिन छुटेका कोशी म्यानपावरका संचालक तथा जीएसजी मार्फत् मलेसिया जाने कामदारसँग फिंगर प्रीन्ट लिने भनी प्रत्येक कामदारबाट ३ हजार २ सय रुपैयाँ लिने गोविन्द थपलियाको बंैक खाता र कारोबार प्रहरीले रोकेको छ । अध्यागमन स्वीकृतिका लागि ‘फिंगरिङ’ लिन भनेर जीएसजीबाट थपलियाले मलेसिया जाने कामदारसँग ३ हजार २ सय रुपैयाँ लिंदैआएका थिए । उनलाई पूर्वएसपी स्थानेश्वर रेग्मी र एमालेका केही नेताले लगायतले पक्राउ पर्नासाथ छुटाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७