सिंगापुरमा ट्रम्प र किमबीच एेतिहासिक भेटवार्ता


२९ जेष्ठ २०७५, मंगलवार
kim jong un and donald trump

सिंगापुर, २९ जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोग उनबीच एेतिहासिक शिखर वार्ता  भएको छ।सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार बिहान  उनीहरूबीच भेटवार्ता भएकाे हाे  । उनीहरूबीचको भेटवार्तालार्इ उच्च प्राथमिकतामा राखी सिंगापुर सरकारले भेटवार्ता हुने स्थानको सुरक्षा व्यवस्था कडा बनाएको छ।kim jong un and donald trump

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका छन् । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे । त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे ।

वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए। ट्रम्पले वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका थिए ।

याे पनि पढ्नुहाेस्
ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ?

दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदै छन् । वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् ।101960146 reuters capellasingapore

वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ‘राम्रो तरिकाले अघि बढेको’ बताएका थिए।
त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन्।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि ‘एक पटकको अवसर’ भएको बताएका छन्।  वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ र्डोयाउनेछ।
उत्तर कोरियाले निश्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ । तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन ।s trump kim

बैठकस्थल क्षेत्र गाेरखा सैनिकहरूले अर्थात सिङगापुर प्रहरीले सुरक्षा दिइरहेका छन्  ।    सिङ्गापुर पुलिस अर्थात् गोर्खालीहरुको । सिङ्गापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ विशेष दस्ताका रूपमा गोर्खा रहेको यसअघिनै जानकारी दिए थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७