प्रतिभा लुकाउने होइन, देखाउने हो : आश्मा


२९ जेष्ठ २०७५, मंगलवार
Ashma 31052018010142

काठमाडौं, २९ जेठ । आश्मा विश्वकर्मा अर्थात चर्चित डान्स ग्रुप कार्टुन क्रुकी डान्सर । उनी क्रुकी रानी भनेर समेत चिनिन्छन् । ठमाडौंको असनमा जन्मिएकी आश्मा सानैदेखि नृत्य गर्न रुचाउँथिन् । उनी विद्यालयमा पढ्दै गर्दादेखि नै बिगर डान्स गर्थिन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी आश्माका बाबु–आमालाई भने आश्माले रोजेको बाटो पटक्कै चित्त बुझेको थिएन ।Ashma 31052018010142

यो क्षेत्रमा करियर बन्दैन भनेर आफूलाई ममी–बुबाले धेरै रोक्न खोज्नु भएको आश्मा सुनाउँछिन् । उनी भन्छिन्, ‘मोडलिङमा छोरी मान्छेलाई राम्रो हुँदैन, भविष्य पनि छैन भनेर मलाई यो क्षेत्रमा लाग्न हत्तोत्साही गर्नुहुन्थ्यो ।’ तर, डान्सको भूत चढेकी आश्माले अरुको कुरा सुन्ने भन्दा पनि आफ्नो प्रतिभालाई निखार्नेतिर ध्यान दिइन् ।

नृत्यप्रतिको उनको लिंढेढिप्पीकै कारण बुबा–आमा कतिपल्ट रिसाए पनि । तर, उनले ती कुराहरुलाई सहिन् । आश्माका बुबा–आमाको चाहना छोरीले धेरै पढेर सरकारी जागिर खाओस् भन्ने थियो, तर आफ्नो इच्छा भने मोडलिङमा भएकाले उनले यसैलाई निरन्तरता दिइरहिन् । यद्यपि अहिले भने आफूले बाबु–आमाको साथ–सहयोग पाउन थालेको आश्मा सुनाउँछिन् । शुरुवाती दिनमा जस्तोसुकै काममा पनि संघर्ष गर्नैपर्ने उनको ठहर छ । आश्माले पनि शुरु–शुरुमा निकै संघर्ष गरेको सुनाइन् ।Ashma001 31052018010143

यो क्षेत्रबाट जीवन अघि बढ्छ भन्नेमा परिवार ढुक्क नहुँदा आफूलाई निकै समस्या भएको आश्मा बताउँछिन् । परिवारले दबाब दिएपछि आफू एक हप्ता डान्स कक्षा नगई बसेको बताउँछिन् । उनी भन्छिन्, ‘परिवारले आफ्नो इच्छा नबुझ्दा कहिलेकार्ही पीडा हुन्थ्यो अनि कोठामा बसेर रुन्थे ।’ यद्यपि उनले आमा–बुबालाई आफ्नो इच्छाबारे सम्झाइन् । त्यसपछि मात्र आफू सहज अवस्थामा आएको आश्मा बताउँछिन् । अहिले भने आश्माको सफलताबाट उनका आमा–बुबा दङ्ग छन् । उनी अहिले एउटा भिडियोमा डान्स गरे बापत ५० हजारभन्दा बढी कमाउन थालिसकेकी छिन् ।

हुने विरुवाको चिल्लो पात

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं आश्मालाई परिवारका सदस्यहरूले जति रोक्न खोजे पनि उनी आफ्नो इच्छा दबाउनेतिर भन्दा मनको इच्छालाई पूरा गर्नेतर्फ लागिरहिन् । आश्मा विद्यालय तहदेखि नै आफ्नो प्रतिभा लुकाउन चाहन्नथिन् । उनी आफ्ना डान्स भिडियोहरू सामाजिक सञ्जालमा शेयर समेत गर्थिन् । जसको बदलामा उनी प्रशंसा पाउँथिन् । उनी भन्छिन्, ‘त्यो प्रशंसाले मलाई थप मेहनत गर्न उक्साउँथ्यो ।’ यही क्रममा उनले नक्सालस्थित टंगाल माविबाट ०७० मा एसएलसी दिइन् । अध्ययनमा समेत अब्बल आश्माले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी उत्तीर्ण भएपछि उनी कलेज अध्ययनका लागि एनआइसी कलेजमा भर्ना भइन् । ashma biswakarma

यसरी भयो कार्टुन क्रुसँग भेट

कलेजमा पढिरहेका बेला आश्मा आफ्नो नृत्य सौख र क्षमतालाई थप प्रभावशाली बनाउन ठमेलस्थित एक डान्स सेन्टरमा भर्ना भइन् । त्यति बेला कार्टुन क्रुको टिम पनि त्यहीं तालिम लिंदै थियो । त्यहीं उनको भेट कार्टुन क्रु टिमसँग भयो । बिस्तारै कार्टुन क्रुको टिमसँग उनको हिमचिम बढ्न थाल्यो ।cartoon crew

यही क्रममा टिमका क्याप्टेन सरोज अधिकारीले आश्मालाई कार्टुन क्रुमा ल्याउन चाहे । आश्मा विगततर्फ फर्किन्छिन्, ‘ट्रेनिङ गरिरहेकै बेला कार्टुन क्रुका क्याप्टेन सरोज अधिकारीले तिमी धेरै मेहनती छौं, तिमीले राम्रो गर्न सक्छौ, त्यसैले कार्टुन क्रुमा सँगै काम गरौं भन्नु भयो अनि म सन् २०१२ देखि कार्टुन क्रुको सदस्य भएँ ।’

आश्मालाई उठाउने गीत

सन् २००९ मा स्थापना भएको कार्टुन क्रुले सन् २०१२ देखि कभर भिडियो बनाउन थाल्यो । यही क्रममा क्रु टिमले सन् २०१५ मा जालमा भिडियो सार्वजनिक गर्‍यो, जुन भिडियोलाई युट्युबमा थोरै समयमै १० लाखभन्दा धेरै भ्युज प्राप्त भयो । त्यसलगत्तै टिमले ‘पानी पर्‍यो असिना झर्‍यो’ गीतको कभर भिडियो सार्वजनिक ग¥यो । त्यसपछि भने आश्माको चर्चा सर्वत्र हुन थाल्यो । यो सफलता आश्माका लागि अपत्यारिलो थियो । आश्मा भन्छिन्, ‘डान्स गरेरै छोटो समयमै यति राम्रो सफलता पाउँछु भन्ने लागेको थिएन ।’ अहिले उनी कार्टुन क्रुलाई आफ्नो दोस्रो फेमिलीका रूपमा लिन्छिन् । cartoon Crew Member

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७