कलाकार मीना लामालाई धादिङ–नुवाकोट समाज यूकेको सम्मान


२९ जेष्ठ २०७५, मंगलवार
35142975 10216659552623138 6651005523577536512 n

काठमाडौं, २९ जेठ । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ–नुवाकोट समाज यूकेको ११ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ अल्ससर्टस्थित गोर्खा किचनमा सम्पन्न गरिएको छ । 35142975 10216659552623138 6651005523577536512 n

मगर संघ यूकेको निमन्त्रणामा साँस्कृतिक कार्यक्रमका लागि आएकी इन्द्रेणी साँस्कृतिक परिवारकी कार्यक्रम सञ्चालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई सम्मान गरिएको छ । उनलाई संस्थाक अध्यक्ष सीबी तामाङ, पूर्ब अध्यक्षहरु नारायण गुरुङ, रामबहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरिसिं गुरुङले खादा, प्रमाण–पत्र तथा नगदसहित सम्मान गरेका हुन् । कार्यक्रमका वक्ताहरुले नेपाली सँस्कृति संरक्षणमा लामाको यागदान उच्च रहेको बताएका छन् । 35129648 10216659551903120 3230454038164144128 n

संस्थाका अध्यक्ष सीबी तामाङको अध्यक्षतामा भएको साधारणसभा महासचिब धनबहादुर पाख्रिनले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाकी उपाध्यक्ष देबीरानी स्वागत मन्तव्ष् राखेकी थिइन् । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दीपबहादुर गुरुङले संस्थाको आय–ब्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा च्यारिटी दर्ता संयोजक कृष्णप्रसाद तिमिल्सिनाले दर्ता प्रक्रियाबारेमा हालसम्म भएका प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्ब अध्यक्ष रामबहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकारत्रय रामशरण सिमखडा, बिष्णु घले, मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रम बारेमा आफ्ना धारणा राखेका थिए । सोही अवसरमा आगामी ११ अगष्टमा ह्यारो फुटबल क्लबमा आयोजना हुने ‘बार्षिक समर भेटघाट’ लाई भब्य बनाउन बिभिन्न उपसमितिहरु गठन गरिएको छ । धादिङ र नुवाकोटलाई समेटेर गठित यस संस्थाले बिगत ११ बर्षदेखि बेलायतमा बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७