अधिकांश नेपाली कलाकार मेस्सी र अर्जेन्टिना समर्थक


२९ जेष्ठ २०७५, मंगलवार
Worldcup and nepali arttist

काठमाडौँ, २७ जेठ । रसियामा हुन लागिरहेको २१ औं विश्वकप फुटबलले अहिले विश्व बजार तातेको छ । विश्वको ३२ राष्ट्रले खेल्नेमा विश्वकपले सूरु हुन दुर्इ दिन बाँकी हुँदा सबै राष्ट्रकाे टाेली रसिया पुग्ने क्रममा छन् ।Worldcup and nepali arttist

विश्वकपको फुटबलप्रति रुचि भएका नेपालीहरु पनि आ–आफनो समर्थनमा सामाजिक सञ्जालमा प्रष्ट देखिसकेका छन् । यस माहोलमा नेपाली कलाकारहरु पनि अछुतो छैन् । कतिपय कलाकारहरु सामाजिक सञ्जालमा आफनो समर्थन देखाइसकेको छन ।

यसैसन्दर्भमा द सिनेमा टाइम्स मिडियाले ३२ सिनेकर्मी माझ विश्वकपमा समर्थन गर्ने टिम र मन पर्ने खेलाडीबारे सर्भेक्षण गर्दा अधिकांश कलाकार लिओनल मेस्सी र अर्जेन्टिना पक्षमा देखिएका छन् ।

सर्वेक्षण अनुसारमा ४२ प्रतिशत सिनेकर्मी अर्जे्न्टिनाको समर्थनमा छन् । त्यस्तै १९ प्रतिशत ब्राजिल, १० प्रतिशत स्पेन र ३ प्रतिशत जर्मनीको समर्थनमा छन् । एक भन्दा बढी टिमको समर्थन गर्ने र पहिलो टिम बाहिरिएको बिकल्पमा अर्को टिम रोज्नेमा १६ प्रतिशत छन् । भने, अन्य टिम रोज्नेमा १० प्रतिशत छन् ।

यस्तै मनपर्ने खेलाडीमा अर्जेन्टिना स्टाइकर लियोनल मेस्सीलाई धेरैले रोजेका छन् । ३९ प्रतिशतले मेस्सीलाई रोज्दा नेमारलाई १५ प्रतिशत र रोनाल्डोलाई १२ प्रतिशतले रोजाईमा पारेका छन् । एक भन्दा बढी खेलाडीको नाम १२ प्रतिशतले लिँदा, बाँकी २१ प्रतिशतले अन्य खेलाडीको नाम लिए ।

३२ सिनेकर्मीमा अभिनेता, अभिनेत्री, संगीतकार, गायक, निर्देशक, स्क्रिप्ट राइटर र निर्माताहरु छन् ।
कुन कलाकार कसको समर्थनमा ?
१)  राजेश पायल राई (गायक)
टिम : अर्जे्न्टिना (आफु एसियन भएकाले एसियन टिमलाई पनि समर्थन छ )
खेलाडी : मेस्सी र रोनाल्डो

२) अर्जुन पोखरेल (संगीतकार)
टिम : १. अर्जे्न्टिना, २. जर्मनी, ३ ब्राजिल
खेलाडी : मेस्सी

३) आर्यन सिग्देल (अभिनेता)
टिम : ब्राजिल
खेलाडी : नेमार

४ ) करिश्मा मानन्धर (अभिनेत्री)
अर्जे्न्टिना, ब्राजिल

५ ) केकी अधिकारी (अभिनेत्री)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

६ ) केदार घिमिरे (अभिनेता)
टिम :  अर्जे्न्टिना
खेलाडी : मेस्सी

७) खगेन्द्र लामिछाने (अभिनेता)
टिम : ब्राजिल
खेलाडी : मेस्सी

८ ) झरना थापा (अभिनेत्री)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

९ ) दीपकराज गिरी (अभिनेता)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी, अगुइरो

१०) दीपेन्द्र के खनाल (निर्देशक)
टिम : अर्जे्न्टिना

खेलाडी : मेस्सी

११)निरुता सिंह (अभिनेत्री)
टिम : १. अर्जे्न्टिना, २. ब्राजिल
खेलाडी : मेस्सी र थियागो सिल्भा

१२) निश्चल बस्नेत (निर्देशक)
टिम : ब्राजिल
खेलाडी : नेमार (रोनाल्डो र मेस्सी पनि मन पर्छन)

१३ ) पल शाह (अभिनेता)
टिम : साउथ कोरिया र जापान (मन पर्ने नेदरल्याण्ड)
खेलाडी : रोबिन

१४) प्रदीप खड्का (अभिनेता)
टिम : ब्राजिल
खेलाडी :नेमार

१५) प्रियंका कार्की (अभिनेत्री)
टिम : स्पेन
खेलाडी : डेभिड सिल्भा

१६) प्रदीप भट्टराई (निर्देशक)
टिम : अर्जे्न्टिना
खेलाडी : क्रिस्टियानो रोनाल्डो

१७) पूजा शर्मा (अभिनेत्री)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

१८) प्रदीप भारद्वाज (स्क्रिप्ट राइटर)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

१९) प्रमोद खरेल (गायक)
टिम : अर्जे्न्टिना (बिकल्पमा ब्राजिल)
खेलाडी : मेस्सी

२०) पुष्प खड्का (अभिनेता)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

२१) बर्षा राउत (अभिनेत्री)
टिम : ब्राजिल
खेलाडी : नेमार

२२) भुवन केसी (अभिनेता)
टिम : अर्जे्न्टिना
खेलाडी : म्यारोडोना

२३) मिलन चाम्स (निर्देशक)
टिम : स्पेन
खेलाडी : मेस्सी

२४)  रेखा थापा (अभिनेत्री)
टिम : पोर्चुगल
खेलाडी : क्रिस्टियानो रोनाल्डो

२५) अनमोल केसी (अभिनेता)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

२६) रोहित अधिकारी (निर्माता)
टिम : स्पेन
खेलाडी : सर्जियो रामोस

२७) प्रचण्डमान श्रेष्ठ (निर्देशक)
टिमस् बेल्जियम

खेलाडीस् खासै छैन

२८) ऋचा शर्मा (अभिनेत्री)
टिम : जर्मनी
खेलाडी : क्रिस्टियानो रोनाल्डो

२९) रमेश उप्रेती (अभिनेता)
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

३०) सुदर्शन थापा (निर्देशक)
टिम : जर्मनी र स्पेन
खेलाडी : क्रिस्टियानो रोनाल्डो

३१) सन्तोष सेन (निर्माता)
टिम : ब्राजिल
खेलाडी : नेमार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७