भ्रष्ट शिक्षा अधिकारी ल्याउन विद्यासुन्दरकै जोडबल


३० जेष्ठ २०७५, बुधबार
prakash sapkota copy

काठमाडौं, ३० जेठ । सरुवा भएको १ महिना नपुग्दै एक शिक्षा अधिकारी साविककै स्थानमा फर्किने खेलमा लागेका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय काठमाडौंबाट २०७५ जेठ ९ गतेको निर्णयले शिक्षा विभागमा सरुवा भएका प्रकाश सापकोटा पुनः यथास्थानमै फर्किन साम दाम दण्डभेदको नीति अंगिकार गरेर लागेका छन् ।

prakash sapkota copy

पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रभावमा पारी काठमाडौंको शिक्षा अधिकारी भएका सापकोटा सरुवा भएको १५ दिन नबित्दै पुनः काठमाडौंमै आउनका लागि नेकपाका नेताहरुलाई पैसाको कबोल गर्दै हिंडेको समाचार छ । काठमाडौंमा शिक्षा अधिकारी हुँदा अति बदनाम सापकोटा पूर्वमाओवादीका केही नेता बोकेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रभावमा पारिरहेका छन् । र, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई समेत उनले काठमाडौंमा फर्किनका लागि खुसी बनाइसकेको चर्चा छ । गोपालमान श्रेष्ठ मन्त्री भएको बेलामा काठमाडौको शिक्षा अधिकारी हुँदा सापकोटाले मेयर शाक्यलाई महानगरपालिकामा शिक्षाको काम गर्न असहयोग गरेका थिए । र, मेयरविरुद्ध सार्वजनिक रुपमा अभिब्यक्ति दिंदै हिंडेका थिए ।
स्थानीय तहलाई शिक्षाका सबै काम हेर्ने अधिकार संविधानमै किटानी गरिसकेको अवस्थामा उनले मेयर शाक्यलाई चुनौती दिएका थिए । तिनै शिक्षा अधिकारी सापकोटालाई काठमाडौंमा ल्याउन मेयर शाक्य अहिले लागेकोमा शिक्षा कार्यालयका कर्मचारी नै चकित भएका छन् । विगतमा कांग्रेसका कार्यकर्ताका रुपमा प्रस्तुत हुँदैआएका सापकोटालाई काठमाडौंमा ल्याउन मेयर शाक्य समेत लागेपछि उनी पनि शुभलाभमा परेको चर्चा शिक्षा कार्यालयमा हुन थालेको छ ।

सापकोटालाई सरुवा भएको १५ दिनमै पुनः काठमाडौंमा फर्कने ब्यवस्था मिलाउन मेयर शाक्यदेखि नेकपाका पूर्व माओवादी पृष्ठभूमिका शिक्षामन्त्री निकट ब्यक्तिहरुलाई मिलाउने बीचौलियाको काम टंगाल माध्यमिकका प्रधानाध्यापक राजेन्द्र अधिकारीले गरिरहेका छन् ।

अधिकारी प्रधानाध्यापक भन्दा कांग्रेसका कार्यकर्ताका रुपमा बढी चिनिन्छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको प्रमुख हुँदा सापकोटाले शिक्षा समितिलाई बाइपास गरी शिक्षकहरुको पदस्थापन एक्लौटी ढंगले गरेका थिए । काठमाडौंका कुनै पनि स्थानीय तहलाई जानकारी नदिई उनले शिक्षकको पदस्थापन गरेका थिए । शिक्षकहरुको बढुवामा पनि मनपरी गरेको आरोप उनीमाथि लाग्दैआएको छ । शिक्षक बढुवामा मनपरी गरी उनले ठूलो रकम घुस खाएको आरोप छ । शिक्षक सरुवा गर्दा सोध्दै नसोधी गरेको भनेर आफैंले गलत भनेका सापकोटालाई पुनः काठमाडौंमा ल्याउने हतारोमा मेयर शाक्य छन् ।

यसैबीच, महानगरपालिकामा शाक्य मेयर निर्वाचित भएको एक बर्ष ब्यतित भए पनि कुनै परिवर्तनको अनुभूति दिलाउन नसके पनि मर्यादाक्रममा नेपाल सरकारका सचिवभन्दा आफू माथि हुनुपर्ने भन्दै धुलिखेलमा भेला गर्न पुगेका छन् । सोमबार मेयर शाक्यसहितको वडाध्यक्षहरुको बैठक बसी यादव कोइरालाले गर्दा महानगरपालिकामा जनप्रतिनिधि ओझेलमा पर्न गएको मनपरी गर्न नपाएकाले उनलाई फिर्ता पठाउनेबारेमा पनि छलफल गरेको एक वडाध्यक्षले नै खुलासा गरेका छन् । महानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएका सचिव यादवप्रसाद कोइरालाले सुन्धाराको अब्यवस्थित पसल हटाउनेदेखि बर्षौदेखि लुट मच्चाउँदै आएका ज्ञानेन्द्रबहादुर कार्कीहरुको असीमित अधिकार झिकेर ट्याकमा ल्याउन खोजेका छन् । महानगरको नक्सापासमा बसी बीचौलियाको काम गर्ने सरु सोती, काशी कोइरालाहरुको सरुवा गरेर उनले सुधार गर्ने अभियान थालनी गरेपछि बर्षौदेखि भ्रष्टाचार गरी खान पल्किएकाहरु जसरी हुन्छ उनलाई हटाउने उपायको खोजीमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७