वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन


३० जेष्ठ २०७५, बुधबार
bhimbahaudr thapa

काठमाडौं, ३० जेठ । वरिष्ठ कलाकार भीमबहादुर थापाको मंगलबार राति निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको हिजो राति २ बजेतिर घरमा नै निधन भएको पारिवारकले जानकारी दिएका छन् । ९२ वर्षीय थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन चाहने शुभेच्छुकहरुलाई बुधबार बिहान १० बजे देखि १२ सम्म पशुपति आर्यघाटमा उपस्थित हुन अनुरोध गरिएको छ ।bhimbahaudr thapa

कलाकार थापाले दर्जनौं चलचित्र, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता झन् चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा कार्यरत थिए । उनको निधनले नेपाली कला जगत स्तब्ध बनेको छ । धेरै कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७