विद्यार्थी वर्गलाई खुशीको खबर, अब ग्याँसमा सहुलियत पाइने


३० जेष्ठ २०७५, बुधबार
LP gas cilinder

काठमाडौं, ३० जेठ । राजधानीमा पढ्न बसेका विद्यार्थीहरुलाई एउटा खुशीको खबर छ । अब आयल निगमले विद्यार्थीहरुलाई सहुलियतमा खाना पकाउने ग्याँस उपलब्ध गराउने भएको छ ।LP gas cilinder

विद्यार्थीको सहुलियतका लागि निगमले खडा गरेको मूल्यस्थिर कोषबाट खाना पकाउने एलपीजी ग्याँसमा सहुलियत दिने भएको हो । यसका लागि निगमले अध्ययन गरेर दिने विद्यार्थी संगठनसंग सहमति गरेको छ । निगम र आन्दोलनरत १२ विद्यार्थी संगठनबीच मंगलबार छलफल भएको थियो । निगमले यसअघि दिने भनेको सहुलियत स्थिरकोषबाट उपलब्ध गराउने बताएको छ । पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा नेपालमा सस्तो रहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलमा प्रतिलिटर २२ र डिजेलमा २५ रुपैयाँ सस्तो रहेको निगमले जानकारी दिएको छ ।

नेपालमा सस्तो भएपछि भारततर्फ पेट्रोलियम चोरी पैठारी हुने गरेको छ । त्यसैले गर्दा भारतको हारहारीमा मूल्य राख्नु पर्ने निगमलाई चुनौति रहेको छ । पछिल्लो समयमा निगमले मुल्य बढाएर पेट्रोलको प्रतिलिटर ११३ रुपैयाँ, डिजेलको ९५ रुपैयाँ र एलपीजी ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढेका कारण मूल्य समायोजन गर्दा पनि मासिक ३७ करोड रुपैयाँ नोक्सान रहेको निगमका प्रव त्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेडले गत जेठ १८ गते पठाएको नयाँ मूल्य सुचिअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैया ५९ पैसा, डिजेलमा ३ रुपैयाँ ४९ र एलपीजी ग्याँसमा प्रतिसिलिण्डर १३९ रुपैयाँ नोक्सान रहेको निगमको भनाई छ ।

बजारमा पेट्रोलियमको भाउ प्रतिलिटर ठाउँअनुसार न्युनतम १११ रुपैयाँ ५० पैसादेखि ११३, डिजेल ९३ रुपैयाँ ५० पैसादेखि ९५ रुपैयाँसम्म छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर प्रतिव्यारेल ८० डलर पुगेपछि यसको प्रभाव नेपाली बजारमा परेको निगमको भनाई छ । यसअघि प्रतिव्यारेल ४५ डलर थियो । पछिल्लो समय पेट्रोलियमको भाउ निरन्तर उकालो लाग्दै आएको छ । यसले गर्दा मूल्यवृद्धिको चाप बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७