भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : प्रचण्ड


३० जेष्ठ २०७५, बुधबार
prachanda 2

चितवन, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सजिलो हुने बताएका हुन् । prachanda 2फाइल तस्बिर ।

चितवन क्षेत्र नं ३ बाट निर्वा्चित सांसदसमेत रहेका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु¥याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताए ।

भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यमा पनि समृद्ध चितवन बनाउनुपर्ने बताए । समग्र चितवनको स्वास्थ्य क्षेत्रको विकासका लागि बोर्ड गठन गरी एकद्वार प्रणालीबाट काम गर्नुपर्ने उनले बताए । रोगको अनुसन्धानका लागि उच्चस्तरको प्रयोगशाला जिल्लामा स्थापना गर्नुपर्ने पनि उनले बताए ।

जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजयकुमार झाले चितवन मेडिकल हवसँगै रोगको पनि हव बन्दै गएको भन्दै समयमै सतर्कता अपनाउनुपर्ने बताए । उनले यस्तो जिल्लामा पनि चेपाङ समुदायमा बच्चाले नै बच्चा पाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रबिन खड्काले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर अस्पतालका समस्या, चुनौती र भावी कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७