अझै शहर केन्द्रित संघीयता, २४३ स्थानीय तहमा छैनन् वाणिज्य बैंक


३० जेष्ठ २०७५, बुधबार
commercial bank

काठमाडौं, ३० जेठ । सरकारले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने दावी गरिरहेका बेला २४३ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।commercial bank

राष्ट्र बैंकको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्क अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका गरी कूल ३ हजार ६७३ शाखा सञ्चालनमा छन् । सञ्चालित अधिकांश शाखाहरु शहर केन्द्रित रहेको पाइएको छ । विकासको दृष्टिकोणबाट समृद्ध र देशको राजधानी समेत रहेको प्रदेश ३ मा सबैभन्दा बढी शाखा छन् । यस प्रदेशमा तीन वटै वर्गका बैंक गरेर कूल १ हजार २६३ शाखा सञ्चालनमा छन् । प्रदेश ३ मा ११९ वटा स्थानीय तह रहेकोमा ९८ वटामा मात्रै वाणिज्य बैंक पुगेको छ भने ३८ वटा तहमा अझै शाखा सञ्चालनमा आउन सकेका छैनन् ।

कर्णाली प्रदेशमा ११३ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् । ७९ वटा स्थानीय तह रहेकोमा ३५ वटामा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकका अनुसार प्रदेश १ मा ५५७ वटा शाखा सञ्चालनमा छन् । १३७ वटा स्थानीय तह रहेको उक्त प्रदेशमा ९४ स्थानीय तहमा मात्र बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । ४३ स्थानीय तह अझै वाणिज्य बैंक विहीन रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रदेश २ मा तीन वर्गका गरी ३३२ बैंक तथा वित्तिय संस्थाहरुले सेवा प्रवाह गरिरहेका छन् । त्यस्तै १३६ स्थानीय तहमध्ये ९८ तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेको छ । ३८ स्थानीय तह वाणिज्य बैंकविहीन छन् । प्रदेश ४ मा ५ सय ५३ वटा बैंक तथा वित्तीय संस्था छन् । यस प्रदेशमा रहेका ८५ स्थानीय तहमध्ये २१ तहमा हालसम्म वाणिज्य बैंकको शाखा खुलेको छैन । प्रदेश ५ मा ६५८ वटा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालनमा छन् । १०९ स्थानीय तह रहेको प्रदेश ५ मा ८५ वटामा वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गर्न सकेको छ ।
यसैगरी प्रदेश ७ मा बैंक तथा वित्तीय संस्थाहरुको २१५ वटा शाखाहरुले सेवा प्रवाह गरिरहेका छन् । यस प्रदेशमा ८८ वटा स्थानीय तह छन् । जसमध्ये ४४ तहमा वाणिज्य बैंकको शाखा पुगेको छ भने समान ४४ स्थानीय तहमानै वाणिज्य बैंकले शाखा खोल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७