२०२६ को विश्वकप उत्तर अमेरिकाको तीन देशले गर्ने


३० जेष्ठ २०७५, बुधबार
2026 worldcup

काठमाडौं, जेठ ३० । २०२६ को विश्वकप फुटबल उत्तर अमेरिकाको तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा)को बैठकबाट तीन मुलुक क्यनाडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने मत पाएका हुन् ।2026 worldcup

बिपक्षीमा मरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो। फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ । १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन् । पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेका थिए ।
विश्वकप फुटबल यसपटक रसियामा हुदैँछ । सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७