नेपालमै पहिलो पल्ट बनेको गोर्खा इको प्यानलको शोरुम बिजुली बजारमा
काठमाडौँः नेपालमै सन् २०१४ देखि प्री–फ्याब प्यानल, (गोर्खा इको प्यानल) उत्पादन गर्दै आएको इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो उत्पादनलाई दोब्बर बनाउदैँ गोरखा इको प्यानल नयाँ शोरुम काठमाडौंको बिजुलीबजारमा खुलेको छ ।
बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडको संयुक्त लगानीमा नेपालमै सन् २०१४ देखि प्री फ्याब प्यानल उत्पादन गर्दै आएको कम्पनीले वार्षिक ५ लाख वर्ग मिटरबाट १० लाख वर्ग मिटर उत्पादन गरिरहेको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जानकारी दिए ।
विनाशकारी भूकम्प पश्चात क्षति पुगेको अवस्थामा नेपालमै उत्पादित गोर्खा इको प्यानलले राष्ट्र निर्माणमा पनि देन दिइरहेको कम्पनीको दाबी छ । पूर्ण वातावरण मैत्री गोर्खा इको प्यानलले विदेशबाट आयातित प्री–फ्याब प्यानललाई विस्थापित गरी बर्षेनी भइरहेको व्यापार घाटा न्यूनीकरण गर्न योगदान गरिरहेको समेत प्रमुख कार्यकारी दुवालले बताए ।
विज्ञप्ति जारी गर्दै प्यानलले भनेको छ, ‘कुनै पनि देशको दिगो विकास हुनका लागि त्यस देशको भौतिक पूर्वाधारमा प्रयोग हुने निर्माण सामग्री वातावरण मैत्री, कम उर्जा खपत हुने र न्यूनतम प्राकृतिक स्रोत साधनको प्रयोग भएको हुनुपर्ने हुन्छ । तर दिनहुँ बढ्दै गएको इट्टाको प्रयोगले, कृषि प्रधान देश नेपालको खेतीयोग्य उर्वर जमिनमा ह्रास आइरहेको कुरा सर्वविदितै छ ।’
गोर्खा इको प्यानल सिमेन्ट, बालुवा, क्याल्सियम सिलिकेट बोर्ड जस्ता पूर्ण वातावरण मैत्री, न्यूनतम इन्धन खपत गर्ने कच्चा पदार्थको प्रयोग गरेर बनाइएका छन् । कम्पनीको दाबी अनुसार ७० वर्ष भन्दा बढी टिक्ने यस गोर्खा इको प्यानल न्यून लागत, अग्नी प्रतिरोधक, पूनःप्रयोग समेत गर्न मिल्ने, तापक्रमम सन्तुलित गर्ने एवम् भूकम्प प्रतिरोधात्मक रहेको छ ।
मुलुकभरि नै पहुँच पुर्याउनका लागि डिलर सञ्जाल विस्तार गरिरहेको समयमा राजधानीको मुटुमा स्थापित गरिएको सो–रूम र कार्यालयले सेवाग्राहीलाई सहज हुने विस्वास कम्पनीको छ ।
अधिकत्तम स्वदेशी कच्चा पदार्थ स्वदेशी जनशक्तिबाट उत्पादित भूकम्प प्रतिरोधात्मक गोर्खा इको प्यानलले देशको विभिन्न जिल्लाहरुमा ३०० भन्दा बढी स्कूल, स्वास्थ्य चौकी व्यक्तिगत निवासहरु र भूकम्पबाट चर्किएका अग्ला भवनहरुको वाल पनि निर्माण गरिसकेको छ ।