बलिउड अभिनेत्री दीपिका पादुकोण बस्ने टावरमा भिषण आगलागी, यसरी बचिन्


३० जेष्ठ २०७५, बुधबार

काठमाडौं, ३० जेठ । बलिउड अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईस्थित ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ ।
बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको हो । त्यस भवनमा आज दिउँसो २ बजेतिर आगो लागेको थियो ।dipika

आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौं दमकल खटाइएका छन् । आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेको छ । अहिलेसम्म मानवीय क्षतिको कुनै खबर भने आएको छैन ।

बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ । आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् । उनी कुनै कम्पनीको विज्ञापनको छायाँकनका लागि घर बाहिर गएकी थिइन् । दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७