काठमाडौं र अपराध महाशाखामा अकस्मात् आइजीपी पुगेपछि…


३० जेष्ठ २०७५, बुधबार
khanal igp

काठमाडौं, ३० जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडाैं र अपराध अनुसन्धान महाशाखामा आकस्मिक निरीक्षण गरेका छन् ।

khanal igp

आइजीपी निरीक्षणमा पुग्दा परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल काठमाडौंका बृत्त र प्रभागहरुले अबैध मदिरा नष्ट गरेकोबारेमा पत्रकारहरुलाई जानकारी गराइरहेका थिए ।
परिसरमा केही बेर बसेपछि आइजीपी खनाल फर्किने क्रममा अपराध महाशाखाको पनि निरीक्षण गरेका छन् । परिसरका प्रमुख एसएसपी पोखरेल र अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइजीपी अर्याललाई शान्ति सुरक्षा र अपराध नियन्त्रणमा गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । परिसर र अपराध महाशाखामा आइजीपीको छड्के निरीक्षणका रुपमा पनि यसलाई लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७