मोदीले स्वामी, बत्रा र बिराट कोहलीलाई फिटनेस च्यालेञ्ज दिएपछि…(भिडियोसहित)


३१ जेष्ठ २०७५, बिहीबार
modi 6 20180614083715

काठमाडौं, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खेल मन्त्री राज्यवद्र्धनन राठोरले थालेको फिट्नेस च्यालेञ्ज स्वीकार्दै एक भिडियो शेयर गरेका छन् । प्रधानमन्त्री मोदीले बुधबार विभिन्न योगाभ्यास गर्दै गरेको भिडियो आफ्नो ट्विटर एकाउन्टमा शेयर गरी कर्नाटकका मुख्यमन्त्री एचडीकुमार स्वामी, खेलाडी मनिका बत्रा र भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई फिटनेस च्यालेञ्ज दिएका हुन् ।modi 6 20180614083715

भिडियोमा प्रधानमन्त्री मोदी जोसिलो तरिकाले योगा गरिरहेका देखिन्छन् । यसले व्यस्त दिनचर्याबीच पनि प्रधानमन्त्री मोदीले स्वास्थ्यमा विशेष ध्यान दिएको बुझ्न सकिन्छ । उनले ट्वीटरमा लेखेका छन्,’ मर्निङवाक गरेको भिडियो राख्दैछु, योगाबाहेक पञ्चतत्वबाट पनि प्रभावित छु । यसबाट रिफ्रेस फिल गर्छु ।’ मोदी हरेक दिन बिहान ४ बजे उठिसक्छन् । त्यसपछि उनी प्राणायाम, योगा र सूर्य नारायण नमस्कारमा लिप्त हुन्छन् । यसो गर्दा स्वास्थ्यलाई फाइदा हुने उनी बताउँछन् । modi 4 20180614083732

मोदीका अनुसार चिकित्सकले उनलाई ५ घन्ण्टा सुत्न सल्लाह दिएका छन् तर उनी ३–४ घण्टा मात्र सुत्छन् । उनी भन्छन्, गहिरो निद्रामा ३–४ घण्टा सुत्दा निन्द्रा पूरा हुन्छ ।’ मोदी सानैदेखि फास्ट फुडबाट टाढा छन् । उनलाई इडली डोसा र पोहा मन पर्छ । त्यसैले उनी जहाँ गए पनि कुक बद्री मीनालाई लान्छन् । उनी शाकाहारी भए पनि गुजराती खिचडी भने खुबै मन पराउँछन् । कागती पानी पिउँछन् । लामो भाषण गर्नुपर्दा वा कुराकानी गर्दा मनतातो पानी पिउँछन् । एजेन्सी

https://www.youtube.com/watch?v=G7aTk1uZJrw

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७