महानगरपालिकामा सुशासन कायम गर्न कस्सिए कोइराला


१ असार २०७५, शुक्रबार
hari kuwar

काठमाडौं, १ असार । जागिर खाएदेखि नै भ्रष्टाचार र घुसखोरीका लागि बदनाम विभाग र शाखामा कार्यरत कर्मचारीलाई काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले एकपछि अर्को गरी सरुवा गरेका छन् ।

hari kuwar
ज्ञानेन्द्रबहादुर कार्की र हरि कुँवर

महानगरपालिकामा सुशासन कायम गर्नका लागि भ्रष्ट कर्मचारीको जालो भत्काउन लागेका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले प्रशासन विभागका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएका असीमित अधिकार खोेसेका छन् । पछिल्लो समय त सीसीटीभीको कन्ट्रोलसमेत कोइरालाले चलाएर महानगरका कामचोर कर्मचारी तह लगाउन थालेका छन् ।

ज्ञानेन्द्र कार्की र उनको समूहले महानगरका स्रोत साधनमाथि गरेको अत्यधिक दोहन र खरिददेखि कर्मचारी सरुवा बढुवामा गरेको मनपरी रोक्न कोइराला लागेका छन् । उनले महानगरपालिकामा सधैं आकर्षक विभागको प्रमुख भएर मस्ती गरेका अरबपति अर्का डन हरि कुँवरलाई वातावरण विभागबाट सरुवा गर्ने तयारी गरेका थिए । तर कुँवरले भ्रष्टाचार गरेको रकम खर्चेर नेकपाका नेताहरुलाई प्रभावमा पारी कोइरालामाथि दबाब दिइरहेका छन् । महानगरपालिकाको वातावरण विभाग भन्सारका रुपमा चिनिन्छ ।

वातावरण विभागमा ५० करोड बजेट छ । जुन बजेट खाल्डा खन्दै पुर्दै, वागमती सफाइ अभियानमा २ रुपैयाँमा पाइने मास्कलाई १० रुपैयाँमा किनेर सकिने गर्दछ । वातावरण विभागको बजेटको २५ प्रतिशत पनि सदुपयोग नगरी ७५ प्रतिशत भ्रष्टाचार हुने गरेको छ । हरि कुँवर र ज्ञानेन्द्र कार्की कांग्रेसका चिनिएका कर्मचारी हुन् । तर एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यका उनीहरु सबैभन्दा नजिकका हुन् ।

मेयर शाक्यले यिनै दुई महाभ्रष्टलाई च्यापेका कारण उनी चरम अलोकप्रिय भएको कुरा एमालेका नेताहरुले नै भन्दैआएका छन् । तर पनि उनी यी दुई महाभ्रष्टको कब्जाबाट मुक्त हुन सकेका छैनन् । वातावरण विभागमा ब्रम्हलुट गर्दैआएका हरि कुँवरलाई सरुवा गर्न पनि मेयर शाक्यमाथि दबाब परेको छ । तर उनी त्यो पनि सुनेको नसुन्यै गर्दैआएका छन् । उनी मेयर होइन कि ज्ञानेन्द्र कार्की र हरि कुँवर मेयर जस्तै प्रस्तुत हुँदैआएका थिए ।
कोइराला महानगरमा प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सुशासन अभियान संचालन गरी सुन्धारामा अवैध रुपमा संचालित पसल डोजर लगाएर हटाएका
कोइराला महानगरमा प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सुशासन अभियान संचालन गरी सुन्धारामा अवैध रुपमा संचालित पसल डोजर लगाएर हटाएका छन् । सुन्धारामा पसल संचालन गर्न दिएर साइडवाकर्सका सिद्ध गुरुङसँग ज्ञानेन्द्र कार्कीले मासिक ३ लाख रुपैयाँ घुस उठाउने गरेका थिए । जुन पसलमा डोजर चलाएर खाली गरेपछि कार्कीले सिद्ध गुरुङलाई मुद्दा हाल्न उचाल्ने गरेको समाचार छ ।

यसैबीच, जागिर खाएदेखि नै काठमाडौं महानगरपालिकाको नक्सा शाखामा बसी ब्रम्हलुट गर्दैआएका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सरुवा गरेका छन् । नक्सा शाखामा बसेर सेवाग्राहीसँग घुसको मोलमोलाई गर्ने पाँचौं तहका काशी कोइराला र सरु सोतीलाई सरुवा गरेका छन् । कोइराला निर्माण र सोती आलेपमा सरुवा भएका छन् । नक्सामा सेवाग्राहीसँग नियमसंगत काममा पनि घुस माग्ने कोइराला र काशी हुन् । पहिलाका नक्सा विभागका प्रमुख रामबहादुर थापा र अहिलेका रवि पौडेलले कोइराला र सोतीले घुसमा डिल गरेर ओके भनेपछि मात्र सदर गर्ने गरेका थिए ।
विगत १२ बर्षदेखि महानगरपालिकाको साधन स्रोतमा कब्जा जमाउँदैआएका ज्ञानेन्द्रबहादुर कार्कीले नै नक्सामा कोइराला र सोतीलाई जागिर खाएदेखि नै राखेका हुन् । नक्सामा असुलेको घुसको हिस्सा कोइराला र सोतीले कार्कीलाई पनि दिने गरेका थिए । वडा वडामा लेखापालदेखि कर्मचारी खटाउने र घुस लिने कार्कीको समूहले नक्सामा राखेका पदम तामाङ पनि आलेपमा सरुवा भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७