प्रदेश–५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट


१ असार २०७५, शुक्रबार
province 1562018123102

रुपन्देही, १ असार । प्रदेश–५ को सरकारले आगामी आर्थिक वर्ष–२०७५–०७६ का लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ ।province 1562018123102

बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई ५ वर्षभित्रमा २६ प्रतिशतबाट १० मा झार्ने लक्ष्य लिएको छ । बजेटले भौतिक पूर्वाधार समृद्धिको आधार मानेर शहरी संरचना निर्माण र एकीकृत बस्ती विकासलाई प्राथमिकता दिएको छ ।

बजेटले प्रदेशबाट २ अर्ब ४० करोड राजस्व संकलनको लक्ष्य लिएको छ । बजेटले उद्योग, पर्यटन, कृषि र पूर्वाधारमा बढी जोड दिएको छ । निजी क्षेत्र र सहकारी क्षेत्रसँगको सहकार्यमा प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने नीति अघि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७