गोरखा इको प्यानलले पायो आईएसओ


९ भाद्र २०७४, शुक्रबार
eco pannel

eco pannel

काठमाडौं : नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रिन डेभलपर्स नेपाल प्रालिले आईएसओ चिह्न प्राप्त गरेको छ ।

स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेसन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिह्न प्राप्त गरेको हो ।

गोरखा इको प्यानल स्वदेशी प्रिफ्याब्रिकेटेट इको प्यानल हो । यो परम्परागत निर्माण सामग्रीभन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउन्ड इन्स्युलेसन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधीसमेत छ ।

स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेसन वाल ९गारो० तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले नेपाल प्रालिले आईएसओ चिह्न प्राप्त गरेको हो ।

इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ ।

सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशत मात्रै आयातीत कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल बनाउन सफल भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७