यी हुन् वास्तविक सेक्स गरिएको चलचित्र


२ असार २०७५, शनिबार

चलचित्रमा सबै काल्पनिक दृश्य मात्रै समावेश हुँदैनन् । चलचित्र प्रस्तुत गरिएको दृश्य एनिमेसन नभै वास्तविक समेत हुन्छन् । कुनै फिल्म यौन सम्बन्धीका दृश्य काल्पनिक निर्माण भएको भए पनि कुनैमा वास्तविक सेक्स सिन देखाइएको हुन्छ । त्यस्तै वास्तविक सेक्स दृश्य देखाइएको चलचित्र हो लभ जहाँ स्क्रीनकै लागि सेक्स गरिएको छ । त्यस्तै नेनाटोमी हेल, लभ एक्चुअल्ली सेक्स लगायतका चलचित्रमा वास्तविक सेक्स दृश्य देखाइएको छ । कलाकारले पोर्न फिल्म निर्माण गनको लागि भने होइनन् चलचित्रको कथाले मागे अनुसारले वास्तविक सेक्स गरेका हुन् ।

sex 2
फाइल तस्बिर

यी हुन् कलाकारहरूले वास्तविक सेक्स गरेको चलचित्र

१, ९ संगस्

९ संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

२, लभ
गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

३, एनाटोमी अफ हेल
चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हेल लभ पश्चात् दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

४, इन द रेलम अफ सेन्सेस
इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनिज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरूले साँच्चैको सेक्स गरेका थिए ।

५, पोला एक्स
धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरूले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दाबी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

६, सर्टबस
सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक फरक यौनिक विविधता भएका मानिसहरूको बारेमा रहेको छ ।

७, लभ एक्चुअल्ली सक्स
लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।

८, स्कार्लेट दिभा
स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।

९, थ्रो द लुकिङ ग्लास
यो चलचित्र आजभन्दा करिब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।

१०, पिंक फ्लेमिंगोस्
पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको सुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृश्यहरू ।

११, स्वीट मुभी
यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।

१२, गाण्डु
निकै विवादित बनेको यो भारतीय चलचित्र कलाकारहरूले साँचैको सेक्स गरेको चलचित्रहरूको सूचीमा परेको छ । एक जना संगीत प्रेमी युवा गाण्डुको कथामा बनाइएको यो चलचित्रमा पनि कलाकारहरूले साँच्चैको सेक्स गरेको देखाइएको छ । यो भारतमा प्रतिबन्धित चलचित्र हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७