राजधानीमा सस्तोमा अपार्टमेन्ट, घर र जग्गा खोज्दै हुनुहुन्छ ? यी ठाउँमा जानुस्


३ असार २०७५, आईतवार
kathmandu valley

काठमाडौं, ३ असार । राजधानीमा असार १ गतेदेखि जारी घरजग्गा मेलामा ३७ लाख रुपैयाँमा अपार्टमेन्ट र ९५ लाख रुपैयाँमा घर बिक्रीका लागि राखिएको छ । घर जग्गा कारोबारमा मन्दी आएका बेलामा गरिएको मेलामा विभिन्न कम्पनीले सस्तो मूल्यमा अपार्टमेन्ट र घर बिक्रीमा राखेका छन् ।kathmandu valley

सिभिल्स होम्स

सिभिल्स होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गर्ने भएको छ ।
३१८ स्क्वायर फिट क्षेत्रफलमा बनेको अपार्टमेन्टमा बालकोनी सहितको एक बेडरुमका साथै लिभिङ, डाइनिङ, बाथरुम र किचन रुम रहने कम्पनीले जनायो । सिभिल होम्सलेनै निर्माण गरेको गोदावरीस्थित साढे तीन आनामा बनेको अढाइ तले घर एक करोड ५५ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।

डाउनटाउन अपार्टमेन्ट

ललितपुर धापाखेलमै रहेको डाउनटाउन अपार्टमेन्टले पनि १ बेडरुमको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा बिक्रिका लागि राखेको छ । एक बेडरुमसहित लिभिङ, डाइनिङ, बाथरुम र किचनरुम भएको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा मेला अवधिमा बिक्रीका लागि राखिएको छ।डाउनटाउनको हाउजिङहरु भने एक करोड १० लाख रुपैयाँदेखि माथी रहेका छन् । कम्तीमा ४ आना क्षेत्रफलमा बन्दै गरेका घरहरु इमाडोलमा बनिरहेको कम्पनीले जनाएको छ ।

रोडशो रियल स्टेट

रोडशो रियल स्टेटले बुढानिलकण्ठमा एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ । लिभिङ डाइनिङ, बाथरुम र किचेनरुम सहितको अपार्टमेन्ट ७७ लाख रुपैयाँदेखि माथि रहेको कम्पनीले जनाएको छ । कम्पनीकै हाउजिङ भने ४ आनामा बनेका घरहरु २ करोड ५० लाख रुपैयाँदेखि माथिका छन् ।

क्लासिक टावर

सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले २ बेडरुमको अपार्टमेन्ट ८२ लाख रुपैयाँदेखि बेच्न राखेको छ । ७५ लाख रुपैयाँदेखि अपार्टमेन्ट बेच्न शुरु गरेको क्लासिकले बुकिङ भइसकेकाले ८२ लाख रुपैयाँ माथिका अपार्टमेन्ट बुकिङका लागि राखिएको कम्पनीले जनाएको छ ।

साउथिन ग्रीन हाउजिङ

ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रीन हाउजीङमा ढाइ आनामा बनेका घर ९५ लाख रुपैयाँमै किन्न पाइन्छ । मेला अवधिभर विशेष प्याकेज ल्याउँदै ९५ लाख रुपैयाँ देखि ५ आनामा बनेको घर एक करोड ७५ लाख रुपैयाँ सम्ममा बिक्रीका लागि राखेको छ ।

पद्मा् कोलनी

पद्माा कोलनीले मेला अवधिमा २ करोड ३५ लाख रुपैयाँ देखि माथी बिक्रीका लागि राखिएको छ । सीतापाइलामा बनेका ३ आना देखि माथीका घरहरु २ करोड ३५ लाख रुपैयाँ देखि ३ करोड १० लाख रुपैयाँसम्मका बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ।

९ लाखमा जग्गा

मेला अवधिमा जग्गा किन्न चाहनेलाई आइएमएस डेभ्लोपर्सले ९ लाख रुपैयाँ प्रतिआनामा प्लानिङका घडेरी बिक्री गरिरहेको छ ।
भक्तपुरको छालिङमा रहेको प्लानिङमा ३ आना देखि १० आना सम्मका घडेरी ९ लाख रुपैयाँ देखि ११ लाख रुपैयाँ प्रतिआना सम्मका बिक्री गरिरहेको छ । असार १ गते देखि सुरु भएको मेला असार ५ गतेसम्म चल्न ेछ । मेलामा घरजग्गा मात्रै नभएर घर निर्माण, सजावट र घरसँग आवश्यक सम्पूर्ण सामाग्रीहरुका स्टल एकै ठाउँमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७