सलमानको ‘भारत’ मा प्रियंकाले १२ करोड मागेपछि …


३ असार २०७५, आईतवार
priyanka chopra

काठमाडौं, ३ असार । हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन् । अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण चर्चामा रहेकी प्रियंका सलमान खानको ‘भारत’ खेल्न बलिउड फर्किने भएकी हुन् । priyanka chopra

अमेरिकी टेलिभिजन शो क्वान्टिकोका तीन सिजन्स र हलिउड फिल्म बेवाँचमा अभिनय गरेर स्वदेश फर्किन लागेकी उनले फिल्म खेल्न निर्देशक अली अब्बास जफरसँग १२ करोड मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यदि ‘भारत’ युनिटले प्रियंकाको प्रस्ताव मान्यो भने उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्री बन्ने छिन् । यसअघि दीपिका पादुकोणले फिल्म ‘पद्मावत’ मा १२ करोड रुपैयाँ लिइसकेकी छिन् । बलिउड फर्किन लागेकी प्रियंका ऋतिक रोशनको ‘क्रिश’ को चौथो संस्करणमा देखिन सक्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७