साविक विजेता जर्मनी मेक्सिकोसँग पराजित


३ असार २०७५, आईतवार
galleryImage MOSCOW RUSSIA JUNE 17 Hir 20180617155652

काठमाडौं, ४ असार । विश्वकपको साविक विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो गोल जर्मनविरुद्ध मेक्सिकाेले ३४ मिनेटमा गोल गरेको हो ।galleryImage MOSCOW RUSSIA JUNE 17 Hir 20180617155652

रसियाको मस्कोस्थित लुझ्न्की स्टेडियममा आइतबार राति भएको समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १–० गोल अन्तरले पराजित गरेको हो ।

विश्वविजेतलाई पहिलो खेलमै हार्ने क्रममा खेलको ३५ औँ मिनेटमा जाभियर हर्नान्डेजको पासमा हिरभिङ लोजानोले निर्णायक गोल गरे । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जितेको जर्मनी यो विश्वकपको पहिलो खेलमा आफैँ १–० ले पराजित भएको हो ।

करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी हार भोग्न बाध्य भयो । खेलका क्रममा जर्मनीले १८ पटक मेक्सिकोको पोस्टमा चार्ज गरेको थियो । त्यसैगरी मेक्सिकोले भने केबल १० पटक मात्रै जर्मनीको पोस्टमा चार्ज गरेको थियो ।

जर्मनीका म्यानुअल नुयोर भन्दा ब्यस्त मेक्सिकोका किपर गुल्लेर्मो ओचोहा थिए । उनले जर्मनीबाट भएका कयौँ प्रहारको उत्कृष्ट बचाउ गरे ।

कडा प्रतिस्पर्धा भएको खेलमा जर्मनीले ९ पटक गोलका सम्भावित प्रहार गरेको थियो भने मेक्सिकोले केबल ४ पटक मात्रै । जर्मनीले निरन्तर आक्रमण गरे पनि मेक्सिकोले काउन्टर एट्याकमा उत्रेर जर्मनीलाई दबाब दिएको थियो ।

जर्मनलीले १६ पटक फ्री किक पाउँदा मेक्सिकोले ११ पटक हान्यो । त्यसैगरी जर्मनीले १७ र मेक्सिकोले २० वटा थ्रोइन्स गरे । जर्मनीले गोलका लागि मेक्सिकोका ३ वटा प्रहार जोगायो भने मेक्सिकोले ९ वटा प्रहार बचायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७