ब्राजिल स्विटजरल्याण्डसँग १–१को बराबरीमा रोकिन्दा तोडियोे ४० वर्षे इतिहास


४ असार २०७५, सोमबार
4D5A61F200000578 0 image m 12 1529267157380

काठमाडौं, ४ असार । विश्वकपमा समूह ‘ई’को पहिलो खेलमा विश्वकपको उपाधि जित्ने प्रमुख दाबेदाबर मानिएका ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेलेको छ । रसियाको मस्कोस्थित रोस्तोभ अन डोनमा गएराति भएको खेलमा १–१ गोलको बराबरीमा रोकिएको हो । 4D5A61F200000578 0 image m 12 1529267157380

खेलमा ब्राजिलले २० औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अग्रता लिएको थिए । पहिलो हाफसम्म ब्राजिलले अग्रता जोगाए पनि दोस्रो हाफमा जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि ब्राजिल र स्विटजरल्याण्डले गोल गर्ने प्रयास गरेपनि गोल हुन सकेन् । झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमारले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि टोलीलाई जिताउन भने सकेनन् ।

खेल बराबरी रोकिएसँगै ब्राजिलको ४० वर्से इतिहास तोडिएको छ । ब्राजिल विश्वकपको पहिलो खेलमा पछिल्लो ४० वर्षमै जित निकाल्न असफल भएको हो।

सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेल जित्दै आएको ब्राजिलले यसपल्ट बराबरीमा चित्त बुझाउनु पर्यो ।
समूह ‘ई’ को पहिलो खेलमा सर्बिया शीर्ष स्थानमा छ । ब्राजिल र स्विस टोली क्रमश दोस्रो तथा तेस्रो स्थानमा छन् । सर्वियासँग हारेको कोष्टारिका चौथो स्थानमा रहेको छ ।4D5957F000000578 0 image a 2 1529261832110

4D5A0BD000000578 0 image a 37 1529264504738

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७