प्रदेश नं. १ को तीन सांसदको पदावधि टुंगो लाग्यो, कांग्रेस सांसद प्रसाईको कार्यकाल २ बर्ष


४ असार २०७५, सोमबार
sarita prasai 1

काठमाडौ, ४ असार । राष्ट्रिय सभामा रहेको ३ जना सांसदको कार्यकालको टुंगो लागको छ । भर्खरै संसद भवनमा सम्पन्न भएको प्रदेश नम्वर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुको टुंगो लागेको हो । sarita prasai 1

गोलप्रथाबाट कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल २ बर्ष, नेकपाकी सांसद नैनकला ओझाको ४ बर्ष र बिना पोखरेलको कार्यकाल ६ बर्षको रहेको हुने भएको छ । प्रसार्इ नेपाली कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा हुन् ।

राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधिकाे निर्धारण आज हुँदैछ । राष्ट्रिय सभा सदस्यका २, ४ र ६ वर्षको पदावधि निर्धारण गोला प्रथाबाट हुनेछ ।

याे पनि पढ्नुहाेस्
आज राष्ट्रिय सभा सदस्यको गोलप्रथा : गृहमन्त्री र अर्थमन्त्रीको पदावधि पनि निर्धारण हुने

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७