पोखरामा मिस्टर एण्ड मिस योङ्स्टर नेपाल–२०१८ हुँदै


४ असार २०७५, सोमबार
mr ms YN 2018

काठमाडौं, ४ असार । इभेन्ट कम्पनी रोयल अर्किनी प्रालिको आयोजनामा सुन्दर नगरी पोखरामा पहिलो संस्करणको मिस्टर एण्ड मिस योङ्स्टर नेपाल २०१८ हुँदैछ । सडक बालबालिकालाई आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा कोरियोग्राफर श्वेता रानाभाटले जानकारी दिइन् ।mr ms YN 2018

युवा नृत्य निर्देशक निरज राईभाट तथा मिस एसएलसि २०१५ कि रनर अप श्वेताको मुख्य कोरियोग्राफी रहने प्रतियोगितामा एसईई वा सो सरह उत्तीर्ण १६ देखि २५ वर्षसम्मका युवा युवतीहरुले भाग लिन सक्ने छन् । पोखरामा हुने फेसन इभेण्टहरु भन्दा यो इभेण्ट निकै फरक रहेको दावीको दावी छ । आयोजकले बिजेतालाई सिल्भर क्राउन, नगद पुरस्कार साथै मोडलिङ र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७