राष्ट्रियसभामा कांग्रेसलाई गोला प्रथाले पनि ठग्यो


४ असार २०७५, सोमबार
rastriya sava
/fli6«o;ef ;b:osf] sfo{sfn 6’+uf] nufpg uf]nf k|yf ;~rfng ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ uf]nf k|yfaf6 /fli6«o;ef ;b:osf] sfo{sfn 6’+uf] nufpg] k|lqmof cGtu{t uf]nf k|yf k|ls|of ;~rfng x’Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं ४ असार । गोला प्रथा मार्फ राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल निर्धारण गर्ने क्रममा कांग्रेसका आधा भन्दा धेरै राष्ट्रियसभा सदस्यहरूको पद २ वर्षमात्रै हुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभाका ५९ सदस्यलाई आफ्नो कार्यावधि निर्धारण हुने गरी गोला प्रथा गराइएको थियो ।

rastriya sava
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथा प्रक्रिया सञ्चालन गर्ने क्रममा । तस्वीरः रासस

गोला प्रथा दुई, चार र छ ३ किसिममा विभाजन गरी एको थियो । सो गोला प्रथामा कांग्रेसका १३ राष्ट्रियसभा सदस्य मध्ये ७ जनाको २ वर्षको मात्रै कार्यकाल निर्धारण भएको छ । गोला प्रथामा २ वर्ष कार्यकालको गोला टिपेपछि उनीहरूका २ वर्षको मात्रै राष्ट्रियसभा सदस्य हुन पाउने भएका छ । आफ्नो कार्यकाल छुट्याउन संघीय संसद् भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरूलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएकोमा कांग्रेसबाट ७ जनाले २ वर्षेकार्यकालको गोला तानेको हो ।

कांग्रेसका राष्ट्रियसभामा दलको नेता रहेका सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाई दुवैले २ वर्षको मात्र गोला तानेका छन् । कांग्रेसका २ राष्ट्रियसभा सदस्यका ४ वर्ष र ४ सदस्यहरूको ६ वर्षे कार्यकाल गोला मार्फत कायम भएको छ । राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुनेछ । कांग्रेसको राष्ट्रियसभामा कम सदस्य भएकोले हार्ने निश्चित देखिन्छ ।

राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय प्रणालीबाट चुनिएर आएका महिला र खुला सदस्यतर्फका सांसदहरूको कार्यकाल सकिएपछि पनि बहुमतीय आधारमा नै चुनाव हुनेछ ।
दलित र अपाङ्ग तथा अल्पसङ्ख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ ।

राष्ट्रियसभा सदस्य संविधानानुसार पाँच समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् । त्यस्तै सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । त्यसलगत्तै अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’ आफैँ निर्धारण गर्नेछन् ।

गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष गरी कार्यकाल निर्धारण गरिएको छ ।

गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको थियो । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई आफ्नो कार्यकाल निर्धाण गर्ने विधि तयार पारिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७