शैक्षिक प्रमाणपत्र धितोमा असारमै ऋण पाइने, चाँडो दिनुस् निवेदन


४ असार २०७५, सोमबार
certificate dhito

काठमाडौं, ४ असार । राष्ट्रिय युवा परिषदले असारभित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ ।certificate dhito

परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले १५ दिनभित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आह्वान गरिएको जानकारी दिएका छन् । उनले प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच–पाँच जना युवा उद्यमीलाई अधिकतम २ लाख रुपैंयाँसम्म ऋण दिन लागेको जानकारी दिए ।

अर्थ मन्त्रालयले आइतबार युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ पारित गरेसँगै सहकारी संस्थाहरुमार्फत ऋण उपलब्ध प्रक्रिया अघि बढेको हो । स्नातक उतिर्ण वा प्राविधिक शिक्षमा डिप्लोमा गरेका विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना पेश गरेर ऋण माग्न सक्ने छन् । १५ दिनभित्र आफ्ना जिल्ला कार्यालयहरुबाट आवेदन दिन सकिने परिषदले जनाएको छ ।

परिषदको अगुवाई तथा युवा स्वरोजगार कोष र श्रम मन्त्रालयको सहभागीतमा प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कार्यक्रम अघि बढ्न लागेको हो । सो कार्यक्रमका लागि परिषदले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको थियो । आगामी अािर्थक वर्षको बजेटमा अघि सार्न लागिएको ७ लाख ऋण कार्यान्वयन सम्बन्धी कार्यक्रम पनि परिषदले नै गर्ने पनि ढुङ्गेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७