२५० सिटे एयरबस असार ११ गते काठमाडौं आइपुग्ने


४ असार २०७५, सोमबार
air bus 320

काठमाडौं, ४ असार । नेपाल वायु सेवा निगमको २५० सिट क्षमताकोे एयरबस असार ११ गते काठमाडौं आइपुग्ने भएको छ । निगमले ल्याउने दुईमध्ये एका एयरबस मात्र काठमाडौं आइपुग्ने भएको छ ।air bus 320

एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए । ‘विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं’, प्रवक्ता श्रेष्ठले भने ।
उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को–पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को–पाइलटको तयार छन् ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ ।

निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइने छ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तर्राष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।

हाल ६ वटा साना र ३ वटा ठूला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पूराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७