छोरी बलात्कारका अभियुक्तले अदालतभित्रै श्रीमतीको घाँटी रेटी हत्या गरे


४ असार २०७५, सोमबार
rape accused 3fVWq3Opt5

काठमाडौं, ४ असार । असमको डिब्रुगढ जिल्लाको अदालत परिसरमा थुप्रै मानिसहरुको उपस्थितिमा एक व्यक्तिले आफ्नी श्रीमतीको घाँटी रेटी हत्या गरेका छन् ।rape accused 3fVWq3Opt5

घटना शुक्रबार बिहान करीब १० बजेर ४० मिनेटको हो जब जिल्ला अदालतमा एक मुद्दाको सुनुवाइका लागि मानिसहरुको बाक्लै उपस्थिति थियो । अदालत जस्तो सुरक्षित स्थानमा एक व्यक्ति चक्कु लिएर पुग्नु र श्रीमतीको गला रेटी हत्या गरेको यो घटनाले पुलिस आफै पनि हैरानीमा परेको छ । पुलिसका अनुसार अभियुक्त ३५ वर्षीय पूर्ण नाहर डेका डिब्रुगढ जिल्लाका नाहरकटियाको लोंगबोंग अली सिंगा गाउँका बासिन्दा हुन् ।

जमानतमा छुटेका थिए

डिब्रुगढ थानाको प्रभारी सिद्धेश्वर बोराले घटनाको जानकारी दिँदै बीबीसीलाई भने, ‘श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै विवाद थियो । वास्तवमा अभियुक्त पूर्ण नाहर डेकामाथि उनकी श्रीमती रिताले नाबालिग छोरीमाथि बलात्कारको मुद्दा केही महिनाअघि दर्ता गरेकी थिइन् ।’ ‘उक्त मामलामा अभियुक्त पछिल्लो ९ महिनादेखि जेलमा कैद थिए । उनी हालै जमानतमा छुटेका थिए । जब उनी जेलमा थिए तब उनलाई श्रीमतीले एक पटक पनि भेट्न गइनन् । गत जून ६ तारिखमा जब अभियुक्त जेलबाट बाहिरिए तब गाउँलेको डरले उनी घर गएनन् र डिब्रूगढमा नै काम गरिरहेका थिए ।’

‘घटना हुनु तीन दिनअघि उनले श्रीमतीसँग फोनमा कुरा गरेका थिए । उनले फोनमा श्रीमतीलाई आफ्नो गल्ती महसुस भएको र अब कुनै दुष्कर्म नगर्ने बचन दिए । त्यसकारण श्रीमतीले बलात्कारको सजायबाट जोगाउनका लागि अदालतमा अर्को बयान दिनुपर्ने उनले माग राखे । जून १५ तारिखमा उक्त मामलाको सुनुवाई थियो ।’

खल्तीबाट चक्कु निकालेर घाँटी रेटिदिएrape1 OeiFwMw3Cj bPf2lgCDvs

सिद्धेश्वर बोरा भन्छन्, ‘शुक्रबार सुनुवाई भएकाले उनकी श्रीमती पनि अदालत आएकी थिइन् । त्यतिबेला डेकाका दाइ र भाउजु पनि अदालत पुगेका थिए । बलात्कार साक्षी भाउजु नै थिइन् । उनीहरुलाई देखेर डेका थोरै रिसाएका थिए । उनीहरु अदालत बाहिर बसिरहेका थिए ।’ ‘यसैबीच डेकको आफ्नी श्रीमतीसँग कुनै कुरामा झगडा भएपछि उनले अचानक खल्तीबाट चक्कू निकालेर श्रीमतीको गला रेटिदिए । रगतले लत्पत्तिएकी पीडित महिला भुइँमा ढलिन् । जब उनी त्यहाँबाट भाग्न लागे तब सुरक्षाकर्मीलगायतका अन्य मानिसहरुले पक्राउ गरे ।’
‘घाइते महिलालाई तत्काल असम मेडिकल कलेज र अस्पताल लगियो तर, डाक्टरले उनलाई मृत घोषित गरे ।’

पुलिस के भन्छ ?court qNCcbC2Nd2 rK5Eh1aN74

यसैबीच शनिबार पुलिसले अभियुक्तलाई अदालतमा हाजिर गरेका थिए, त्यहाँबाट उनलाई जेल पठाइएको थियो । यो घटनाले अदालत जस्तो सुरक्षित स्थानलाई प्रश्नको घेरामा ल्याइदिएको छ । पुलिस अधिकारी बोरा भन्छन्, ‘अदालत परिसरमा यस्तो घटना गराउनु त्यति सजिलो छैन । अदालतमा पुलिसको निगरानी हुन्छ तर यो घटना यति अचानक भयो कि प्रतिक्रिया गर्नका लागि कुनै समय नै भएन । घटनाको अनुसन्धानबाट थाहा हुन्छ कि अभियुक्तले श्रीमतीको हत्या योजना बुनेर आएका थिए ।’ हिन्दी बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७